काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको निरीक्षण गरेका छन्। शुक्रबार उनले विमानस्थल परिसरको निरीक्षण गरेका हुन्।
कार्यालयबाट भन्सार पास भएर बाहिरिएको खुलासा भएपछि गृहमन्त्री श्रेष्ठ कार्यालयको अनुगमनमा पुगेका हुन्। यसपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यो काण्डको सम्पूर्ण नेक्सस केलाउने बताए।
‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौँ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही विषयमा कुराकानी भएको उनले जानकारी गराए।
यो प्रकरणमा जोसुकै संलग्न भएपनि उन्मुक्ति नपाउने उनको भनाइ थियो ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनामा कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,’ उनले भने।




