काठमाडौँ– राष्ट्रियस्तरका विकास बैंकहरुलाई पनि काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिका प्रावधानमाथि राष्ट्र बैंकले सर्कुलर जारी गर्दै राष्ट्रियस्तरका विकास बैंकलाई बफर कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो।
अब वाणिज्य बैंकहरु जस्तै अब विकास बैंकहरुले पनि थप २.५ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने भएको छ। यसअघि राष्ट्रिय स्तरका विकास बैंकहरूले ११ प्रतिशत पुँजीकोष मात्र कायम गरे पनि पुग्ने अवस्था थियो। चालु आवको मौद्रिक नीतिसँगै अब थप २.५ प्रतिशत काउन्टर साइक्लिकल बफर पनि कायम गर्नुपर्ने भएको छ। योसँग अब पुँजीकोष १३.५ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।
वाणिज्य बैंकहरुको हकमा कोभिडका कारण स्थगन भएको काउन्टर साइक्लिल बफर चालु आर्थिक वर्षदेखि पुनः कार्यान्वयनमा आएको छ।


