काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौँको फोहोर व्यवस्थापनका विषमा सहरी विकासमन्त्री सीता गुरुङसँग छलफल गरेका छन्।
शुक्रबार मन्त्रालयमा भेटका लागि पुगेका साहसँग फोहोर व्यवस्थापनका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटमा विकास निर्माणका कामबारे पनि छलफल भएको बताइएको छ।
‘माननीय शहरी विकास मन्त्री सीता गुरूङज्यु र काठमाडौं महानगरपालिकाको मेयर बालेन साहबीच फाेहाेर व्यवस्थापनलगायत विकास निर्माणको विषयमा शहरी विकास मन्त्रालयमा छलफल भएको छ,’ सचिवालयले भनेको छ।
यसअघि मेयर साहले फोहोर व्यवस्थापनका विषयमा सिंहदरवार (संघीय सरकार)ले सहयोग नगरेको गुनासो गर्दै आएका थिए।


