२०८३ कार्तिक १२ गते बुधबार

पौरखी अशक्त दम्पती, जसले सबलांगलाई गरिखान घचघच्याइरहन्छन्

 |  रमा केसी
Sanket

रमा केसी

काठमाडौँ, साउन १३
briddha

सुर्खेत– सेतै फुलेका कपाल, एक छेउमा श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठाईका डब्बा बनाउने गर्छन्। उनीहरु दुवै दम्पतीको व्यस्तता हेर्दा यसपटक अलि धेरै मिठाई राख्ने डब्बाको अर्डर लिएजस्तो पनि देखिएको थियो। उनी दुई दम्पतीका काम हेर्दा लाग्दैन उनीहरु शारीरिक रुपमा अशक्त छन् भन्ने। करिब ६८ वर्षीय नन्दप्रसाद चौलागाईं आफ्नो नियमित काममै व्यस्त भेटिन्छन्, सधैँजसो। ‘सुर्खेत स्विट बक्स’ व्यवसायबाट मिठाईका बट्टा उत्पादन गर्नमै व्यस्त छन्।

शारीरिक अवस्थाका हिसाबले उनका दुवै खुट्टा चल्दैनन्। यो अवस्थामा रहेका वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत इत्राममा बस्दै आएका चौलागाईंको जीवन धेरैले सोचेभन्दा भिन्न छ। पारिवारिक कुरा गर्दा खासमा अपाङ्गता उनीमा मात्र होइन, उनकी श्रीमती नन्दारुपाले पनि दुवै आँखा देख्दिनन्। पाँच जनाको परिवारमा छोरीमा पनि बौद्धिक (सुस्तमनस्थिति) अपाङ्गता छ। तर, यो परिवार अरू कसैको दयामायाले नभएर आफ्नै पौरखमा बाँचिरहेको छ। मागेर जीवन गुजारा गर्ने भनेको नै हातखुट्टा सद्धे नहुने अर्थात शारीरिक रुपले अपाङ्गहरुले मात्रै हो। सबलांगहरुले त काम गरेर खाने हो भन्ने सामाजिक मान्यताका कारण कतिपयले उनलाई दयाभाव देखाउँदा पनि उनले कहिल्यै आश गरेनन्।

उनी भन्ने गर्छन्, ‘शरीरको एक अङ्ग कमजोर भएपनि अर्को अङ्ग ठीक छ भने किन अर्काको आश गर्ने?’ उनको मिहिनेत, लगनशीलता र सफलता देखेर धेरै मानिस छक्क पर्छन्। वीरेन्द्रनगर एयरपोर्ट नजिकै रहेको इत्राम खोलापुल पूर्वको चोकदेखि चार सय ५० मिटर दक्षिणमा एउटा साधारण घरमा उनले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। मिठाई प्याक गर्ने कागजका चारकुने बट्टा बनाउने काममा ध्यानमग्न चौलागाइले उद्योग थालेको अहिले २२/२४ वर्षमा लागिसकेको छ।

उनी भन्छन्, ‘उमेर बढ्दै गएर होला अहिले हातगोडा थाकेका छन् जाँगर पनि सेलाउँदै गएको छ।’ दृष्टिविहीन भएपनि काममा उनको पत्नी नन्दारुपाले सघाउँदै आएकी छिन्। चौलागाई दम्पतीले ‘सुर्खेत स्वीट बक्स’ व्यवसाय सञ्चालन गरेको दुई दशकभन्दा धेरै भएको छ। शारिरीक अपाङ्गतासँगै उद्योग व्यवसाय सञ्चालन गर्नु र त्यसलाई निरन्तरता दिने काम आफैँमा कम चुनौतीपूर्ण छ तर पनि यी दुईको जोडी पारिवारिक रुपमा मात्र जमेको छैन व्यवसायमा पनि उत्तिकै जमेको छ।

नन्दप्रसाद २०५२ मा आफ्नो श्रीमतीको आँखाको उपचारका लागि सुर्खेत झरेका थिए। जुम्लामा खेतीपाती गर्दै गुजारा गरी जेनतेन जीवन गुजारा चल्दै थियो। पछि कम्मरमुनिको भाग अचानक चल्न छोडेपछि उनी उपचारका लागि सुर्खेत झरेका थिए। सुर्खेतलगायत देशका विभिन्न स्थानमा उपचार गराउँदा पनि सामान्य अवस्थामा आउन नसकिएको उनले दुःखेसो पोखे। २०४१ मा चौलागाईंको जीवनमा आइपरेको समस्या त्यतिमा मात्र सीमित रहेन। आफ्नो खुट्टा नचल्ने भएपछि श्रीमतीको भरमा परेका उनलाई केही वर्षपछि अर्को विपद् आइलाग्यो। नन्दरुपाको पनि अकस्मात् दुवै आँखाको ज्योति गुम्यो। तैपनि चौलागाईं दम्पतीइले हरेश खाएन र मिठार्ईका लागि आवश्यक पर्ने बट्टाको व्यापार सुरु गरे। पीडामै जेनतेन जीवन गुजारिरहेका बेला छोरी जन्मिइन्। ती पनि सुस्त मनस्थितिकी।

उनीहरुले थप संघर्ष गर्ने अठोटसहित व्यापारलाई निरन्तरता दिइरहे। उनीहरुको त्यो आत्मविश्वासले अन्य अपाङ्गता भएकाले पनि समाजमा केही गर्न सक्छन् भन्ने कुराको उदाहरण दिएको छ। एक रथका दुई पाङ्ग्रा जस्तै यो दम्पति एक अर्काको भरमा बाँचेको छ। ऋपांगमैत्री स्कुटीमा दैनिकजसो मिठाईका बट्टा बेच्दै हिँड्ने नन्दप्रसादले व्यापार विस्तार गरेर खुद्रा पसलसमेत थापेका छन्। अपाङ्गता भएर पनि पौरखी काम गर्दै आएका उनले मासिक करिब दुई हजार मिठाईका बट्टा उत्पादन गर्दै आएको बताउँछन्।

उनको साहस, संघर्ष र सफलताको कथा सपांग व्यक्तिहरुका लागि पनि प्रेरणाको स्रोत बनेको छ। वार्षिक कारोबार रकम करिब पाँच लाख गर्दै आएका उनीहरुको लगानी कटाएर वार्षिक एक लाखभन्दा बढी नै बचत हुन्छ। चौलागाईको परिवारको मुख्य आयस्रोत नै व्यवसाय नै हो। दुई छोरा र एक छोरीसहति परिवारमा पाँच जना सदस्य छन्। व्यवसायलाई उनको परिवारका सदस्यले आफ्नै श्रममा चलाएका छन्। फुर्सदको समयलाई सदुपयोग गर्दै प्रयोग हुने श्रमले व्यवसायका लागिअन्य कामदार राख्नु नपरेको उनी बताउँछन्।

नन्दप्रसाद व्यवसायी हुनुभन्दा पहिला सिपाही थिए। उनले तत्कालीन शाही नेपाली सेनामा २४ वर्ष एक महिना सेवा गरेका थिए। १ चैत २०३२ मा सेनाको सिपाही दर्जाबाट सेवा सुरु गरेका उनले सेनाको अमल्दार पदबाट अवकाश लिएका थिए। सेनामा सेवारत रहँदा नै प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उनका दुवै खुट्टाले काम गर्न छाडे। आफ्नो साहसिक संघर्ष र लगनशीलताको यात्राबाट उनले जीवन विचलित भएन र आज एक सफल व्यवसायी बनेका छन्।

उनी भन्छन्, ‘जागिरको क्रममा प्याराप्लेजिया रोगले थलिएँ। जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत पनि सम्भव भएन’ उनले विगत सम्झँदै भने, ‘उपचारमा सजिलो होला भन्ने सोचेर नै वीरेन्द्रनगरमा बसाई सरेको हुँ।’ जुम्लाको तत्कालीन लाम्रा गाउँ विकास समिति– ४ लाम्रागाउँमा जन्मिएका उनी २०५२ मा सुर्खेत बसाइसराईं गरी आएको र सो समयमा १० धुर जग्गाबाट बसार्इं सुरु गरिएको उनले बताए।

कामप्रतिको लगाव, मिहिनेत र परिश्रमले होला अहिले वीरेन्द्रनगरमै एक कट्ठा १५ धुर घडेरी र सात कट्ठा १० धुर खेत जोडेका छन्। २०५५ मा वीरेन्द्रनगर नगरपालकिाको आर्थिक सहयोग र सुर्खेत नेत्रहीन संघको आयोजनामा कागजी सामग्री उत्पादन’ सम्बन्धी एक हप्ते तालिमपछि नन्दप्रसादले मिठाईको बट्टा बनाउन थालेका हुन्। सो तालिममा २५ जनाको सहभागिता थियो। तर, सुर्खेतमा अहिले यो व्यवसाय सञ्चालन गर्ने नन्दप्रसाद मात्र एक्लो प्रशिक्षार्थी हुन्।

उनले भने, ‘तालिमपछि कागजका थैला, झोला, मिठाईका बट्टा बनाउन जानेका छौँ। सुरुआती समयमा हामीले बनाएका मिठाईका बट्टाले बजार पाए। तर कागजका थैलाहरुमा भने ध्यान जान सकेन। त्यसको व्यवसाय प्लाष्टिकले ओगट्यो।’ हालको समय कागजका थैलाहरुको उत्पादन बजारमा ल्याउन सके वस्तुको पुनःप्रयोग र वातावरणमा समेत सुधार आउने उनको भनाइ छ। बजारमा हालको समयमा प्लाष्टिकको प्रयोग बढ्दै जाँदा भने यसले वातावरणीय प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत असर गरिरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘खेर जाने कागजबाट सामग्री बनाएर सदुपयोगमा ल्याउन कुरामा नागरिकमा पनि जनचेतनाको विकास भइरहेको छ।’

पछिल्लो समय प्लास्टिकको प्रयोगले ल्याउने वातावरणीय र स्वास्थ्यमा पर्ने असरका बारेमा सर्वसाधारणमा विस्तारै चेतनाको विकास हुन थालेपछि कागजका थैलालगायतको उत्पादनले बजार पाउने नन्दप्रसाद विश्वस्त देखिन्छन्। यसका लागि बजारमा कच्चा पदार्थ पनि खेर गइरहेका छन्। छापाखाना, सरकारी कार्यालयलगायतका क्षेत्र कागजका भरपर्दो स्रोत हुन्। -रासस

प्रकाशित: २०८० साउन १३ गते शनिवार ११:२१
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना