काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ समिति आएसँगै पाँच वटा मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन्।
बिहीबार महासंघको नयाँ नेतृत्वको एक सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले आर्थिक संकटबाट बाहिर निस्कने आन्तरिक र एफडीआई ल्याउने वातावरण, राज्य र निजि क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादीत दृष्टिकोणलगायतका पाँच ओटा कुरालाई प्राथमिकतासाथ अगाडि बढाएको बताए।
‘नयाँ समिति आएको एकसय दिन पूरा भएको छ। नयाँ समिति आएसँगै पाँच वटा बुँद्दालाई प्राथमिकतासाथ अगाडी बढाएका छौं। पहिलो अहिले देशको आर्थीक समस्यालाई कसरी समाधान गर्ने र लगानिको वातावरण कसरी बनाउँने चाँहे एफ डि आईबाट आउँने लगानीको कुरा होस्,’ कार्यक्रममा अध्यक्ष ढकालले भने, ‘अर्को सरकार र नीजि क्षेत्रको साझेदारी कसरी बढाउँने भन्ने रहेको थियो।र रोजगारी श्रृजना गर्नका लागि जुन एउटा दक्ष जनशक्ति चाहिने हो त्यसलाई राम्रो सीप भएको दक्ष जनशक्ति बनमउँने र बाहिर जाँदा आउने रेमिटेन्स भित्राउन सक्ने राम्रो दक्ष जनशत्ति निर्माण गर्ने थियो।’
उनले सरकार र निजि क्षेत्रलाई एक ठाउँमा ल्याउन समेत उद्योग वाणिज्य महासंघले ठुलो भूमिका खेलेको उनको जिकिर छ। ‘निजि क्षेत्रलाई हेर्ने एउटा दृष्टिकोण रहेको थियो। मौद्रीक नीति र बजेटको लागि सुझाब दिने र सबैलाई एकठाउँमा ल्याएर साझा एजेण्डा बनाएर अगाडि बढ्यौं। मलाई लाग्छ १०० दिनको एउटा उपलब्धी यो बीचमा हामीले प्रधानमन्त्रीको भारत भ्रमणको बेला हाम्रो काउन्टरपार्ट सीआईआईसँग बिजनेस सुरु गर्र्यौं जुन आर्फैमा राम्रो थियो,’ उनको भनाइ थियो।
महासंघले मासिक कार्य योजना अनुसार काम गर्दै जाने उनले जानकारी दिए। साथै, महासंघले पहिलो कार्यकारिणी समितिको पहिलो बैठकबाट वर्तमान अआर्थिक संकटबाट बाहिर निस्कने, आन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजी क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादित दृष्टिकोण लगायत पाँचवटा कुरालाई प्राथमिकता साथ अगाडि बढाएको उनले बताए।


