२०८३ कार्तिक १३ गते बिहिबार

बाढीले सडक बगाएपछि मनाङमा सामान आपूर्ति अवरुद्ध

 |  रासस
Sanket

रासस

काठमाडौँ, साउन ३०
RSS_Mustang-Kagbenifoodgharmabadipasako

मनाङ– मनाङ पुग्ने एक मात्र सडक अवरुद्ध हुँदा सवारीसाधन आउजाउ तथा सामान आपूर्तिमा समस्या भएको छ। बाढीले सडक बगाएपछि आउजाउ पूर्ण रुपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक (गाइड), कर्मचारी बीच बाटोमै अलपत्र परेका छन्।

डुम्रे–बेंसीसहर–चामे सडक खण्डअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिका–६ खरखरेस्थित सडकको ट्र्याक भासिएपछि पर्यटक, कर्मचारी तथा मार्गदर्शकबीच बाटोमै रोकिनुपरेको छ। कामको सिलसिलामा तल झरेका कर्मचारीले औषधीलगायतका अत्यावश्यक सामग्री लिएर मनाङ आउन नसकेको जिल्ला अस्पतालका प्रमुख रहमत अन्सारीले बताए।

उनका अनसार शुक्रबार साँझ बेंसीसहर आइपुगेको र शनिबार बिहानै मनाङ हिँड्ने योजना रहेकामा वर्षाका कारण सडक अवरुद्ध हुँदा अलपत्र परेका छन्। उनले भने, ‘औषधीसहित म कार्यक्षेत्रमा फर्किनुपर्ने हो, तर आधा बाटोमै अलपत्र परेको छु। कार्यक्षेत्रमा पुगिसक्नुपर्ने हो। पहिरो कट्नै सकिने अवस्था छैन, कहिलेसम्मबीचमै रोकिने हो थाहा छैन।’

कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले कार्यालयको कामले प्रदेश मन्त्रालयमा आएकामा फर्किदै गर्दा पहिरोले बाटोमै रोकिएको बताए। उनले भने, ‘चालू आर्थिक वर्षको योजनालगायत मनाङको कृषि क्षेत्रमा देखिएको समस्याको विषयमा छलफल तथा समाधानका लागि आएकामा फर्किंदै गर्दा वर्षाले बाटोमै बास भएको छ। सडक कहिले खुल्छ भनेर सोध्दै बाटो खुला र हिँडौला भएको छ।’

मार्गदर्शक हरिचन राईले पहिराको सास्ती भोग्दै पर्यटकसँगै बेंसीसहर आइपुगको बताए। उनले भने, ‘मनाङको नारफु हुँदै काङ्ला पास गरी मनाङबाट बेंसीसहर फर्किंदा पहिरामा ज्यानको बाजी लगाएर जोखिम पार गरियो। आफू मात्रै भए अलि सहज हुन्थ्यो, पर्यटकलाई पनि बचाएर पार गराउन मुस्किल भयो। बल्लतल्ल बचियो।’

याम सरु हुने बेला प्रतिकूल मौसमले मनाङ आउने पर्यटक अहिले दोधारमा परेको उनको भनाइ छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) का प्रमुख लेखनाथ गौतमले जोखिमकै बेलामा पनि दैनिक १४÷१५ जनासम्म पर्यटक आउने गरेका जानकारी दिए।

उनले भने, ‘आउने बाटोमा समस्या भए पनि आइसकेका केही पर्यटक थोराङ्ला पासतर्फ गएका छन्। आजै मात्र मनाङबाट १४ पर्यटक थोराङ्लापासतर्फ गएका छन्।’

डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले सडक सञ्जालबाट विच्छेद भएको विकट क्षेत्र मनाङ प्रवेश गर्ने मार्गको मर्मतकार्य भइरहेको बताए। उनले भने, ‘पानी परिरहेको छ, तर पनि काम गरिरहेका छौँ, सकेसम्म आज साँझसम्म सडक खुलाउने प्रयास गरिरहेका छौँं।’

प्रकाशित: २०८० साउन ३० गते मङ्गलबार ०७:३२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना