काठमाडौँ । सरकारले नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् ।
प्रहरी प्रभाग बूढानीलकण्ठमा योगराज खतिवडा र इलाका प्रहरी कार्यालय फर्पिङमा ज्ञानमन्जरी शर्मालाई सरुवा गरिएको छ । प्रहरी प्रभाग कपनमा नवराज सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा जनार्दन घिमिरे र इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीमा अनिल पण्डितलाई सरुवा गरिएको छ ।
सरुवा सूची अनुसार अनिश भण्डारी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, अशोक मल्ल इलाका प्रहरी कार्यालय खजुरा, आशिष् अधिकारी इलाका प्रहरी कार्यालय सुनवल पश्चिम नवलपरासी र उज्ज्वल बहादुर सिंह इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भएका छन् ।


