काठमाडौँ- सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ।
पछिल्लो पटक मंगलबार पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ छन्। चीन जान लागेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको हो।
साउन २ गते ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयबाट भन्सार जाँचपाससमेत भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यसपछि यो प्रकरणमा थप व्यक्तिहरू पक्राउ पर्ने क्रम जारी छ।
