२०८३ कार्तिक १२ गते बुधबार

राँके-रवि-भेडेटार सडक : ५० महिनामा २५ प्रतिशत प्रगति

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत १३
rake rabi sadak

इलाम- पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ। १४ महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ।

सङ्घीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करिब चार वर्षको अवधिमा १८ प्रतिशत भौतिक प्रगति भएको थियो। पछिल्ला तीन महिनामा निर्माण कम्पनीले थप ७ प्रतिशत भौतिक प्रगति हासिल गरेको पाइएको उनले बताए।

ठेक्का पाएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिले पछिल्लो समय नेपाली निर्माण कम्पनीको सहायता लिई निर्माण अघि बढाएपछि थप प्रगति देखिएको हो। अहिले उक्त सडकको पाँचथर र इलाममा पर्ने राँके–रवि खण्डको २८ किलोमिटरमा सडकको ट्र्याक विस्तार गर्ने तथा पर्खाल हाल्ने कार्य भइरहेको छ। यस्तै धनकुटामा पर्ने ६ नम्बर बुधबारे बजार–भेडेटार खण्डमा ट्र्याक विस्तारको कार्य सम्पन्न भई कालोपत्रका लागि ‘बेस’ हाल्ने कार्य सुरु भएको डिभिजनका प्रमुख पोखरेलले बताए।

सडकको १०१ किलोमिटरमध्ये सन् २०२३ भित्र ५० किलोमिटर कालोपत्र सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता रहेको उनको भनाइ छ। ‘निर्माण कम्पनीले ५० किलोमिटर कालोपत्रे गर्ने भने पनि अहिलेको रफ्तार कायम रहे सन् २०२३ मा निर्माण कार्यमा न्यूनतम ४० प्रतिशत प्रगति हुने हामीले अनुमान गरेका छौँ,’ डिभिजन प्रमुख पोखरेलले भने, ‘ठूलो प्याकेज भएका कारण अहिले जसरी नै स्थानीय निर्माण व्यवसायीको साथ लिए लक्ष्य पूरा हुनसक्ने देखिन्छ।’

५० महिनाको अवधिमा यो सडक निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ। सन् २०१८ नोभेम्बर १ मा तीन वर्षअर्थात् २०२१ डिसेम्बर २ भित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिसँग सम्झौता भएको थियो। निर्धारित अवधिमा निर्माण कम्पनीले करिब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको थियो। निर्माण कम्पनीले निर्माण कार्यका लागि पर्याप्त जनशक्ति र उपकरणको परिचालन गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन भने अवरोध हटाउन आवश्यक समन्वयसमेत हुन सकेको थिएन।

५० महिनाको अवधिमा यो सडक निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ। सन् २०१८ नोभेम्बर १ मा तीन वर्षअर्थात् २०२१ डिसेम्बर २ भित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिसँग सम्झौता भएको थियो।

भारत सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा सडक निर्माण भइरहेका कारणका निर्माणका लागि खरिद हुने सम्पूर्ण सामग्रीको ५१ प्रतिशत सामग्री भारतबाट आयात गर्नुपर्ने प्रावधान छ। यसकारण निर्माण कम्पनीले सहजै निर्माण सामग्री आयोजनास्थलसम्म ल्याउन सकेको छैन। सामग्री खरिदसहितका प्रावधानलाई सहज बनाउन नेपाल सरकारले पहल गरेको भनिए पनि खुकुलो व्यवस्था हुन सकेको छैन।

सडक क्षेत्रमा पर्ने रुख कटानी, निजी तथा सामुदायिक संरचना हटाउने, विद्युत्का पोल सार्नेजस्ता कार्य दुई वर्षसम्म हुन नसक्दा सडक विस्तार कार्य अवरुद्धजस्तै भएको थियो। यस्तै कोभिड–१९ को प्रकोपका कारणसमेत निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो। तेस्रो पटक म्याद थप गरी सन् २०२४ अगस्ट २८ सम्म पुर्‍याइएको डिभिजन प्रमुख पोखरेल बताउँछन्। ‘निर्माण कार्य अघि बढाउन अब कुनै समस्या नरहेकाले निर्धारित मितिमा काम सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता छ’, उनले भने, ‘तर हाम्रो आँकलन चाहिँ सो समयसम्ममा न्यूनतम ७० प्रतिशत काम हुनेछ।’

इलाम, पाँचथर, धनकुटा, मोरङ जिल्लालाई समेट्ने यो सडक भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण थालिएको थियो। भारतको एक्जिम बैंक अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारबाट १३ प्रतिशत गरी कूल ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ को लागतमा सडक कालोपत्रको काम अघि बढाइएको थियो। सात मिटर चौडा, दुवैतर्फ एक/एक मिटर नालीसहित ९ मिटरको सडक निर्माण गर्ने सम्झौतामा उल्लेख छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो।

पहाडी र उच्च पहाडी क्षेत्र हुँदै निर्माण हुने यो सडकमा एउटा पनि पुल छैन। स–सानाबाहेक ठूला चट्टान तथा अवरोधसमेत छैन तर निर्माण कम्पनीले समयमा काम नगरेपछि यहाँका स्थानीयवासीले ठूलो सास्ती भोग्दै आएका छन्। हिलोका कारण वर्षायामका समयमा यो सडक पूर्णतया अवरुद्ध हुने गर्दछ। यसकारण बिरामीलाई अस्पताल पुर्‍याउनेदेखि खाद्यान्न ढुवानीजस्ता कार्यसमेत प्रभावित हुने गरेका छन्।

प्रकाशित: २०७९ चैत १३ गते सोमबार ११:३६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना