२०८३ कार्तिक १२ गते बुधबार

यस्ता छन् महरा मुछिएका ७ प्रकरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३०
Krishna_bahadur_mahara

काठमाडौँ- केही दिन यता नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा चर्चाको केन्द्रमा छन्। कारण हो- सुन तस्करी प्रकरण। नेपाली राजनीतिमा महरा त्यस्ता पात्र हुन्, जो सकारात्मक हिसाबले नभएर विवादका कारण चर्चामा आइरहन्छन्। उनले राजनीतिक जीवन नै विवादै विवादले जेलिएको छ। महरा हेर्दा शालीन देखिन्छन्। तर नैतिकता र चारित्रको कसीमा राखेर हेर्दा उनी जे देखिन्छन्, त्यो होइनन्। जे हुन्, त्यो देखिदैनन्। त्यसैले त उनी एकपछि अर्को गरी शृंखलाबद्ध विवादले घेरिएका छन्।

पछिल्लो महिनायता नेपालमा सुन तस्करी प्रकरणले निम्त्याएको विवाद उत्कर्षमा छ। सुन तस्करीबारे छानबिन कसले गर्ने? भन्ने विवादले राजनीति दुई भागमा विभाजित छ। संसद् ठप्प छ। यही बेला विवादको केन्द्रमा महरा आइपुगेका हुन्।

९ किलो सुन भित्र्याउने तस्करसँग फोन संवाद गरेको पुष्टि भइसकेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरा र उनका छोरा निर्मलले सुन तस्करीमा संल्गन चिनियाँ नागरिक लुई हानसोङसँग पटक-पटक फोन सम्पर्क भएको किटान गरी प्रतिवेदन तयार पारेको छ। तर, सरकारले भने महराका बाबुछोरालाई पक्राउ गरी अनुसन्धान थालेको छैन। इलेक्ट्रिक चुरोट (भेप) भित्र सुन लुकाएर ल्याउने तस्करसँग पटक-पटक सम्पर्क गरेको पुष्टि भएपनि सरकारले महराका बाउ-छोरालाई अनुसन्धान गर्न आनाकानी गरेको प्रति चौतर्फी विरोध भइरहेको छ।

सीआईबीको प्रतिवेदनमा उल्लेख भएका नाम धमाधम पक्राउ परिरहेका छन्। तर महरा भने निष्फिक्रीरुपमा पत्रकार सम्मेलन गरिरहेका छन्। उनले मंगलबार मात्रै दाङमा पत्रकार सम्मेलन गरेर सुन तस्करीमा आफू संलग्न नभएको दाबी गरेका छन्। वैधानिक तवरबाट भित्रिएको भेपका विषयमा मात्र भन्सार अधिकारीसँग कुराकानी गरेको उनले बताएका छन्। चिनियाँ व्यापरीले भन्सारमा सामान रोकियो भनेपछि अधिकारीहरुसँग कुरा गरेको तर त्यो सामान सुन भएको थाहा नपाएको दाबी महराले गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणबारे मौनता साँधेको आरोप लागेको छ। तर दुवै जनाले छानबिनको दायरामा जोसुकै पनि पर्न सक्ने बताउँदै आएका छन्। मंगलबार मात्र प्रधानमन्त्री प्रचण्डले महरा बाबुछोराका विषयमा छानबिन अघि बढ्ने बताएका छन्। पार्टी उपाध्यक्षसमेत रहेका पूर्वसभामुख महराबारे प्रहरीले आज-भोलिमै निर्णय गर्ने उनको भनाइ छ।

‘मैले महराजीलाई पनि बोलाएर यो प्रकरणमा तपाईंको कुरा के हो क्लियर गर्नुस् भनेको छु,’ मंगलबार सम्पादकहरूसँग अन्तर्क्रिया गरेका प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘प्रहरीको नेतृत्वलाई निष्पक्ष छानबिन गर्नुस्। दोषी कोही नउम्किऊन्, निर्दोष नपरून् भनेको छु।’

प्रधानमन्त्री प्रचण्ड, सुन प्रकरणमा महराका बाबु-छोरा पक्राउ गर!

महरा बाबु-छोराको संलग्नता देखिए बयान लिन प्रहरीलाई आफूले निर्देशन दिएको उनले भनाइ थियो। ‘यो विषयमा मैले पार्टीभित्र पनि कुरा गरेको छु। प्रहरीलाई पनि भनेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने,‘महराजीबारे प्रहरीले आज-भोलिमा के गर्ने भन्ने निर्णय गर्छ।’

उता महराले भने प्रधानमन्त्री दाहालकै आग्रहमा आफू दाङ आएको र आफूलाई छानबिनका लागि नबोइलाइएको बताए। ‘मैले कुनै पनि छानबिनको निमित्त तयार छु भनेकै छु। म त अनुसन्धानका लागि के गर्न पर्छ तयार छु, खै त बोलाउदैनन्। अनुसन्धानका निमित्त म भाग्ने कुरै छैन,’ उनले भनेका छन्।

सीआईबीको प्रतिवेदनमा महराका बाउछोराको सुन तस्करसँग सम्पर्क रहेको उल्लेख हुँदा पनि सरकारले मौनता साँध्ने कुरा रहस्यमय छ। यो प्रकरणमा मात्रै होइन, महरा यसअघि पनि थुप्रै विवादमा मुछिइसकेका छन्। तीन पटक उपप्रधानमन्त्री सहित ६ पटक मन्त्री र सभामुखसमेत भइसकेका महरा माओवादीबाट सबैभन्दा बढी लाभको पद लिने नेतामा पर्छन्। तर, राजनीतिक जीवनको उत्तरार्धमा पुग्दा समेत विवादको भूमरीबाट निस्कन भने सकेका छैनन्। लाभको पदमा रहँदाका बखत होस् वा चरित्रजन्य कारणले गरेका कर्मका कारण सिर्जित विवादले महरालाई पच्छाइरहेका छन्।

महराको विगत र विवाद
माओवादी भित्र उनी ‘महरा सर’ भनेर चिनिन्छन्। सभामुख हुँदा आफ्नै कार्यालयकी जुनियर कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेका बेला उनलाई ‘एम सर’ भनेर सामाजिक सञ्जालले चिन्ने गरेको थियो।

चार दशक लामो राजनीतिक करियरका क्रममा महरा विवादका पर्याय बन्न पुगेका छन्। २०४८ सालमा नेकपा मसालको जिल्ला सेक्रेटरी बनेका उनी त्यही वर्ष प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यतिबेला उनको उमेर थियो-३२ वर्ष। २०५० सालमा संयुक्त जनमोर्चाको संसदीय दलको नेता बनेका उनी जनमोर्चा विभाजन भएपछि नेकपा माओवादी सशस्त्र विद्रोह घोषणा गर्दा केन्द्रीय सदस्य समेत थिएनन्। उनी २०५३ सालमा मात्रै माओवादीको केन्द्रीय सदस्य बनेका थिए।

शान्ति प्रकियामा आएपछि उनको राजनीतिक हाइट तीव्ररुपमा उकासियो। राजनीतिक ओझ बढ्दै जाँदा महराले लाभका पद चुमिरहे। लाभका पदले शक्ति पनि सँगसँगै आर्जन गरिरहेका उनी पार्टीमा झन्झन् बलियो बन्दै गए। लाभ र शक्तिका विषयमा मात्र होइन, उनी विवादबाट पनि ओझेल भने परेनन्। राजनीतिक ओतका कारण उनी हरेक विवादबाट बच्दै आएका पात्र हुन्।

बलात्कारको आरोप
२०७६ सालमा प्रतिनिधिसभाको सभामुख पदमा रहेकै बखत उनी माथि बलात्कारको आरोप लाग्यो। संसद सचिवालयको स्वास्थ्य सेवा इकाइमा काम गर्ने एक महिला कर्मचारीलाई उनकै घरमा बलात्कार गरेको आरोप महरामाथि लागेको थियो।

यद्यपि यो आरोपमा महराले सफाई पाए। बलात्कारको आरोप लगाएकी ती महिला कर्मचारीलाई बयान फेर्न लगाएर महराले सफाइ पाएको तथ्य ‘ओपन सेक्रेट’ नै छ।

बलात्कार आरोप लागेपछि प्रहरी नियन्त्रणमा महरा। यद्यपि यो मुद्दामा उनले सफाइ पाएका छन्। फाइल तस्बिर

फ्रिक्वेन्सी वितरणमा घोटला
०६२/६३ को जनआन्दोलन लगत्तै महरा सञ्चारमन्त्री बनेका थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सरकारको प्रवक्ता बनेका महरा मन्त्रीकारुपमा पहिलो कार्यकालमै विवादमा परेका थिए। उनको कार्यकालमा सबैभन्दा बढी फ्रिक्वेन्सी ‘प्लटिङ’ भएको मानिन्छ। उनले पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह र व्यवसायी अजेयराज सुमार्गीसँग मिलेर प्रिक्वेन्सी ‘प्लटिङ’ गरेर सस्तो मूल्यमा वितरण गरेका थिए। यो प्रकरणमा ठूलो घोटाला भएको भन्दै संसदको सार्वजनिक लेखा समितिअन्तर्गत प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित उपसमितिले औँल्याएको थियो ।

५० करोडको टेप काण्ड
माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन संविधानसभाका सदस्य किन्नुपर्ने र त्यसका लागि ५० करोड चाहिने भन्दै उनले चिनियाँ व्यवसायीसँग कुरा गरेको अडियो काण्डले पहिलो संविधानसभा ताका सनसनी मच्चाएको थियो। २०६७ भदौ १८ गते सार्वजनिक भएको उक्त अडियोमा महराले एक चिनियाँ व्यापारीसँग ५० करोड मागेका थिए। सरकार बनाउन ५० जना सांसद खरिद गर्न ५० करोड रुपैयाँ मागेको अडियो सार्वजिनक हुँदा पनि महरा माथि छानबिन भएको थिएन।

लडाकुको रकम ‘झ्वाम’ पारेको आरोपः
महरामाथि माओवादी लडाकुका नाममा राज्यकोषबाट आएको रकम ‘झ्वाम’ पारेको आरोप समेत लागेको थियो। लडाकुका लागि सरकारले उपलब्ध गराएको रकममा भ्रष्टाचार गरेको आरोप महरा माथि थियो। सरकारले दिने रकम महराले व्यक्तिगत चेक मार्फत बुझ्ने गरेको तर लडाकुले भने पैसा नपाएको तथ्य उजागार तत्कालीन समयमा भएको थियो।

सरकार माओवादी लडाकुलाई २०६५ भदौसम्म ३ हजार, असोजबाट ६ हजार र २०६८ साउनदेखि ६ हजार ५०० उपलब्ध गराउँथ्यो। स्वेच्छिक अवकाशमा गएका लडाकुलाई तहअनुसार ८ लाख रुपैयाँसम्म दिइएको थियो। त्यो बेला महराले ४ अर्ब रुपैयाँ हिनामिना गरेको उजुरी अख्तियारमा परेको थियो। तर अख्तियारले यो उजुरीमाथि छानबिन गरेन। माओवादीले घटना नै सामसुम पारेको थियो।

अख्तियारको ‘क्लिन चिट’ लिएर अर्थमन्त्री
२०७३ सालमा महरा अर्थमन्त्री बनेका थिए। तर उनी माथि अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनलाई १३ पन्ने भराएर अनुसन्धान सुरु गरेको थियो। टङ्गाल पुगेर पटक-पटक बयान दिएका महरालाई उपप्रधान तथा अर्थमन्त्री बन्ने अवसर आइपर्‍यो।

उपप्रधानसहित अर्थमन्त्री बन्न उनले तत्कालीन अख्तियार प्रमुख लोकमान कार्कीलाई मिलाएर सपथ खाने अघिल्लो क्लिन चिट पाएको चर्चा आज पर्यान्त हुने गरेको छ। उनलाई सफाइ दिएको पत्र भने आयोगले २०७३ साउन २० गते थमाएको थियो।

अकुत सम्पत्ति कमाएको अभियोगमा आयोगले आफूमाथि अनुसन्धान सुरु गरेपछि महराले दक्षिणी डिजाइनमा अनुसन्धान सुरु भएको भन्दै आक्रोश समेत पोख्ने गरेका थिए।

रोल्पामा हलो जोत्दै महरा।

सुनकाण्डका भूरा माछा
२०७३ पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्र्याइएको ३३ किलो सुन बरामद भएको थियो। त्यो काण्डमा समेत महराको नाम जोडिएको थियो। त्यो बेला अर्थमन्त्री समेत रहेका महराले त्यो बेला ‘हामी त सुनकाण्डका भूरा माछा’ भनेर दिएको अभिव्यक्ति विवादित बनेको थियो। त्यो बेला उनले भनेका थिए, ‘सुनकाण्डका ठूला माछा समात्नुपर्छ, हामी त भूरा माछा मात्र हौँ।’

चूडामणि शर्मासँगको सम्बन्ध
चुडामणि शर्माको उठबसका कारणले समेत महरा विवादमा तानिएका थिए। २०७४ जेठ १९ गते आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा अख्तियारको फन्दामा परेका थिए। आयोगले ‘अनुसन्धानरत विषयमा प्रमाण नष्ट गर्नसक्ने’ आशङ्कामा पक्राउ गरेका शर्मालाई कृष्णबहादुर महराले पक्राउ पर्नुभन्दा केही दिनअघि मात्रै निमित्त सचिव बनाउन भन्दै लबिङ गरिरहेका थिए। कर फस्र्योटको नाममा २१ अर्ब भन्दा बढी लुट मच्चाएका सह–सचिव शर्मासँग अर्थमन्त्री हुँदा महराको विशेष सम्बन्ध रहेको बताइन्छ। शर्मालाई गत जेठमा कर फर्स्योट आयोग मार्फत व्यापारीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अदालतले ठहर गरिसकेको छ।

प्रकाशित: २०८० साउन ३० गते मङ्गलबार ०६:४४
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना