काठमाडौं– महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ। ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गद बैंकले अनलाइनमार्फत सहजै रुपम अकाउन्ट ओपनिज, केवाइसी अपडेट, न्यू डेबिट कार्ठ, मोबाइल डेबिट बैंकिङुग, इन्टरनेट बैंकिङ्ग र न्यू लकर तथा मर्चेन्ट स्ता सेवाहरु प्राप्त गर्न सक्ने गरी अनलाईन सेवा सञ्चालनमा ल्याएको हो।
जुन सेवा बैंकको आधिकारिक वेवसाइटमार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन्। डिजिटल बैंकिङ्गलाई प्रोत्साहनगर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको बैंकले जनाएको छ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथगर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल र सहजताका साथ वित्तीय सेवाप्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि डिजिटल बैंकिङ्गका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ।
विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको बैंकले जनाएको छ। बैंकले आम ग्राहककोे बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ।


