काठमाडौं– नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।
अगस्ट १८, २०२३ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका उपाध्यक्ष सर्जेय पुतनिखिनलेले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेश प्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायतविभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
‘हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ नबिल बैैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए । यस अवार्डले बैंकलाई हौसला मिलेको बताउँदै उनले भने, ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरू ल्याएका छौं । यो सम्मानले पक्कै पनि हामीलाई डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।


