२०८३ कार्तिक २० गते बिहिबार

ओलीको निर्देशन विपरीत एमाले लुम्बिनीमा चुनाव गराउने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
KP Oli5

बुटवल- एमाले लुम्बिनीको नेतृत्व सर्वसम्मत हुन नसकेपछि चुनाव गराउने तयारी थालिएको छ। अध्यक्षका दुई आकांक्षीबीच सहमति हुन नसकेपछि निर्वाचनको तयारी थालिएको हो।

निर्वाचन समितिले सहमतिका लागि अन्तिम सयमसम्म तयारी गर्ने तर निर्वाचनको तयारी पनि एकसाथ अघि बढाएको हो। आइतबार अबेरसम्म पनि सहमति नभए सोमबार बिहानदेखि मतदानको प्रक्रिया अघि बढाउने तयारी निर्वाचन समितिले थालेको छ।

अध्यक्षका आकांक्षीमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल छन्। कँडेल एमाले प्रदेश कमिटीको तदर्थ समिति अध्यक्ष हुन्। उनी चितवन महाधिवेशनपछि तदर्थ समितिको अध्यक्षमा चुनिएका थिए।

अर्का आकांक्षी रिजाल चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका हन्। उनी यसअघि लुम्बिनी प्रदेशको मन्त्री बनेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत नेतृत्व सर्वसम्मत बनाउने गरी पहल गर्न लुम्बिनी प्रदेशबाट केन्द्रमा पुगेका पदाधिकारीलाई निर्देशन दिएका थिए। तर, त्यो प्रयास सफल हुन नसकेपछि निर्वाचनको तयारी अघि बढेको हो।

‘तपाईँहरू बस्नुस् कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ। यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस्। यो पार्टीको क्लियर कुरा हो,’ ओलीले भनेका थिए, ‘तपाईँहरूले आज बसेर सहमति गर्नुस् म भोलि घोषणा गर्छु। लुम्बिनीबाट सिंगो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ।’

रिजालले आफ्नो प्यानलबाट उपाध्यक्षमा पाल्पामा नारायण आचार्य, सचिवमा रुपन्देहीका विश्वराज बराल (अनुप), उपसचिवमा बाँकेका रत्न खत्रीलाई अघि सारेका छन्। त्यस्तै वर्तमान अध्यक्ष कँडेलले उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, सचिवमा दाङका लक्ष्मण आचार्य र उपसचिवमा रोल्पाका पूर्ण बुढामगरलाई अघि सारेका छन्।

एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सर्वसम्मत हुन नसके निर्वाचनको प्रक्रियामा जाने बताइन्। ‘सर्वसम्मत गराउने प्रयास अझै जारी नै छ,’ उनले भनिन्, ‘नभए भोलि बिहान मतदानबाटै टुंगो लाग्छ।’ अध्यक्ष ओलीले आफूले सबै जिम्मेवारी इन्चार्ज अर्याललाई दिएको भन्दै बन्द सत्रमै सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन प्रतिनिधिलाई निर्देशन गरेका थिए।

२०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६, अपांगबाट एक,मजदुरबाट ३, खुल्लाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुने छन्। पदाधिकारी ५ जना हुनेछन्।

प्रकाशित: २०८० भदौ १७ गते आईतबार ०६:२५
प्रतिक्रिया

थप समाचार

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना