काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले चुच्चे नक्साको बारेमा अहिलेसम्म के के गतिविधि भएको छ त्यस्को बारेमा संसदलाई जानकारी गराउन माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले अघिल्लो सरकारले पत्राचार नै नगरेको पाइएको पनि बताए।
‘चीनले प्रकाशित गरेको उसको नक्साको छिमेकमा हाम्रो देश देखाउँदा हाम्रो चुच्चे नक्सा नै छैन। र, पराराष्ट्रमन्त्रीले अघिल्ला सरकारहरुलाई पत्र नै लेखेको रैनछ भनेर गाली आलोचना गरेर बसिरहनु भएको छ,’ उनले भने, ‘यो सरकारको दायित्व हो ? वर्तमान पराराष्ट्रमन्त्रालय र वर्तमान सरकारले हाम्रो संसदबाट एकमतले पारित नक्सालाई मान्यता दिलाउनको लागि कुन कुन देशसंग के के गतिविधि गरेको छ, पत्राचार गरेको छ त्यसको सम्पूर्ण जनाकारी यो संसदलाई तत्काल दिन माग गर्दछु।’
भारत र नेपालको बिचका क्रिकेट भईरहेको तर चितवनमा निमार्ण गर्न थालेको र अलपत्र परेको क्रिकेटको बारेका प्रधानमन्त्रीले आश्वासन मात्र दिएको पनि सांसद पन्तले बताए।
उनले खेलमैदान नदिने खेलाडीले पाउनु पर्ने पारिश्रमिक र सेवा सविधा नदिने अनि भारतको विरुद्ध छक्कै छक्का हानोस भनेर आश गरेर हुन्छ भन्दै प्रश्न समेत गरे।


