हेटौँडा- बागमती प्रदेश सरकारले भदौ २२ गते तीन जिल्लामा लागू हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
भदौ २२ मा बिदा पाउनेमा मकवानपुर, चितवन र धादिङ जिल्ला छन्।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ नगरपालिका-५ काठमाडौंकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय पनि भएको छ।
यस्तै प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको उनले जानकारी दिएका छन्।


