काठमाडौँ- न्याय परिषद्ले १७१ जना कर्मचारीको सरुवा गरेको हो। मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले तीन सचिवसहितका कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो।
पछिल्लो सरुवासूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको छ। नेपाल कानुन आयोगमा कार्यरत सचिव लीलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ।
सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरिएको आयोगले जानकारी दिएको छ।
न्याय सेवामा कार्यरत १२ सहसचिव, १५६ उपसचिव गरी १७१ जनाको सरुवा गरिएको हो।
यस्तो छ सूची


