काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार भएको छ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो। उपचारका लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था खतरामुक्त छ।
यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा नुवाकोटका श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


