काठमाडौँ- काठमाडौँ महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको शोकमा बिदा दिएको छ। महानगरले महानगर र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिएको हो।
शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिए।
उपचारका क्रममा रिजालको ग्रान्डी अस्पतालमा रिजालको निधन भएको थियो।



