काठमाडौँ- चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। आयोगको उपाध्यक्ष पदको लागि डा अञ्जनी कुमार झा, डा प्रविण मिश्र र डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको छ। स्रोतका अनुसार सम्भवत आज बस्ने मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गर्ने छ।
आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो। जसमा प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रवीण मिश्र, प्राडा पियुस दाहाल र प्राडा विधान निधि पौडेल, प्राडा श्रीकृष्ण गिरी, डा प्रमोदकुमार यादव, डा अञ्जनीकुमार झा र प्राडा मनेनप्रसाद गोर्खालीले आवेदन दिएका थिए।
उनीहरुलाई उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौं १७ र १८ गते अन्तर्वार्ता र प्रस्तुतीकरण रहेको थियो।
