२०८३ कार्तिक २० गते बिहिबार

विराटनगर पुगेर प्रचण्डले दिएका तीन सन्देश

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
prachanda

विराटनगर-  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर तीन सन्देश प्रवाह गर्न कोसिस गरेका छन्। पहिलो आफ्नो प्रधानमन्त्रीत्वकाल सफल भएको, दोस्रो राजनीतिका नयाँ पुस्ताप्रतिको वितृष्णा र  तेस्रो चाहिँ कोशी आन्दोलनमा ढुलमूले प्रवृत्ति। विराटनगर सम्बोधनले उनको सकारात्कता, नकारात्मकता र द्वैध चरित्रलाई एकसाथ उजागर गरेको छ।

समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको दाबी गरे। ‘यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु,’ उनले थपे, ‘विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया सुरू गरेका छौँ। केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्छौं।’

यसपटक कुरा मात्र नभएर काम र एक्सनबाट केही नयाँ गर्न चाहना भएको उनको भनाइ थियो। आफू प्रधानमन्त्री बनेपछि देशमा क्रमशः उत्साह पैदा भएको, जनतामा भरोसा बढेको र आशा जागेको बताएका उनले निरासालाई चिर्ने, समाजवादको आधार तयार पार्न भूमिका खेलिएको जिकिर गरे।

प्रदेशको नामाकरणबारे बोल्दै प्रधानमन्त्रीले विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिने बताए। ‘एकथरि मान्छेहरू सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनको उपलब्धि उल्टाउने बहाना खोजिरहेका छन्। त्यसमा हामी सतर्क रहनुपर्छ,’ उनले थपे, ‘परिवर्तनका पक्षमा लाखौं जनतालाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छ।’

केही दिनअघि धरानमा गोवधको विरोधमा हिन्दू धर्मावलम्बीहरू विरोध गरेका थिए। त्यसको विरोधमा धरानमा हिन्दू धर्मावलम्बीहरुले विरोध प्रदर्शनको तयारी गरेपछि भदौ ९ गते शनिबार निषेध आदेश जारी गरिएको थियो। धरानको सामाजिक सद्भाव कायम गर्न सार्थक प्रयास नगरेको आरोप एकातिर त्यहाँका मेयर हर्क साम्पाङलाई लाग्ने गरेको छ।

अर्कोतिर माओवादी केन्द्रप्रति पनि लक्षित टिप्पणी भइरहेको छ। कोशी नामकरणका पक्षमा मतदान गरेको माओवादी पछि भने पहिचान पक्षधरलाई उकासेको आरोप खेपिरहेको छ। माओवादीका नेताहरूले नै प्रदेशको नाम परिवर्तन गरेपछि यसको असर धार्मिक/जातीय सद्भाव खलल पार्ने हदसम्म पुगेको टिप्पणी भइरहेको छ। सोमबारको उनको सम्बोधन द्वैध चरित्रको देखिएको छ। एकातिर संवादका माध्यमबाट समस्या समाधान गर्ने कुरा उनले उल्लेख गरेका  छन् भने अर्कोति आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताइरहेका छन्।

नया खुलेका दल र स्वतन्त्र मेयरहरू हर्क साम्पाङ/बालेन्द्र साहप्रति प्रचण्ड सकारात्मक सुनिएनन्। परिवर्तनका लागि आफूहरूले जति योगदान अरु कसैले नगरेको उनको जिकिर हल्लिएको छैन। यद्यपि नयाँ पुस्ताको झुकावबारे उनी अनभिज्ञ छन्। नयाँहरुप्रति लक्षित गर्दै उनले राजनीतिमा कुनै योगदान नभएको  र देशप्रति कुनै चिन्ता/सरोकार नभएकाहरूको हावाहुरी देखिएको भनाइ राखे।

‘जसले सबैभन्दा बढी गाली गर्न सक्यो, ऊ नै नेताजस्तो देखाइएको छ। अश्लील, अराजक, कुनै योगदान र दृष्टिकोण नभएको शक्ति र प्रवृत्तिले समाज विशाक्त पार्दैछन्,’ उनले थपे, ‘सामाजिक सञ्जालमा हेर्नै नसकिने दृश्य, सुन्नै नसकिने गाली देखिन्छ, समाजका सबैभन्दा खराब पात्र नै नेता बनाउन खोजिँदैछ, यो देशको भविष्यकै निम्ति गम्भीर कुरा हो। तसर्थ हामी सचेत हुनुपर्छ। देशमा असल संस्कार, असल राजनीति र निष्ठा स्थापित गर्ने जिम्मेवारी हाम्रो हो, अरूले गर्दैनन् र सक्दैनन् पनि।’

सन्देश सभामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: २०८० भदौ २५ गते सोमबार ०६:२९
प्रतिक्रिया

थप समाचार

अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँः अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

काठमाडौँ: अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ...

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट: रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई...

शरद ऋतुमा हिमाल चढ्न १ हजार ४९३ आरोहीले लिए अनुमति, ३२ करोड ३७ लाख रोयल्टी संकलन

अनुमति लिने आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना