काठमाडौँ- बुधबारका लागि तय भएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको हो।
संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना जारी गर्दै स्थगन भएको जानकारी गराएका छन्। शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बस्ने पनि उनको भनाइ छ।
मंगलबार लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगन भएको छ।
