२०८३ कार्तिक २० गते बिहिबार

सञ्चो अस्पतालका डाक्टर कुटेको आरोपमा ४ जना पक्राउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
Hetauda_doc

काठमाडौँ- हेटौंडाको सञ्चो अस्पतालका दुई डाक्टरलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीकी रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन्।

उनीहरू चितवन मेडिकल कलेजमा उपचारको क्रममा साउन २५ गते मृत्यु भएका ४२ वर्षीय राजेश प्रधानका नातेदार हुन्। रमा श्रीमती, रमिता छोरी, रोहित छोरा र अनुप भतिजा हुन्।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो। बुधबार बिहान १० बजे सञ्चो अस्पतालका डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो।

कुटपिट भएपछि डाक्टरद्वयले प्रहरीमा उजुरी गरेका थिए। उजुरीपछि अनुसन्धानका लागि प्रहरीले आरोपीहरूलाई पक्राउ गरेको रिजालले बताए।

डेंगु र निमोनियाबाट पीडित राजेश साउन २२ गते सञ्चो अस्पतालमा भर्ना भएका थिए। भोलिपल्ट उनलाई अस्पतालले चितवन मेडिकल कलेजमा रिफर गरेको थियो।

साउन २५ गते उनको मृत्यु भएपछि काजकिरिया सकेर परिवारका सदस्यहरू बुधबार सञ्चो अस्पतालमा पुगेका थिए। सुरूवाती उपचारमा लापरबाही गरेको आरोप लगाउँदै उनीहरूले डाक्टरमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट थापाको अनुहारको हड्डी भाँचिएको छ। बिडारीको दुबै आँखाको बाहिरी भागमा चोट लागेको छ।

प्रकाशित: २०८० भदौ २८ गते बिहिबार ०३:३२
प्रतिक्रिया

थप समाचार

चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

इटहरी: चिसो मौसमको कुनै प्रवाह थिएन। साँझ ढल्दै जाँदा इटहरी रंगशालामा मानिसहरूको चहलपहल बाक्लिँदै थियो। कोही साथीभाइसँगै आइपुगेका थिए, कोही परिवारसहित त कोही टाढाटाढाबाट मनपर्ने ब्यान्डको...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...

६०० बढी स्रष्टामा सर्वाधिक रोयल्टी पाउने कस्तुप पन्त, दोस्रो राजनराज र तेस्रोमा दुर्गेश थापा

काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा...

नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड

काठमाडौँः नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरी वेलनेस पर्यटनको विशिष्ट गन्तव्य बनाउनुपर्नेमा जोड दिइएको छ । सन्...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना