काठमाडौँ- विद्युतीय गाडी ‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’को ४ सय बुकिङ भएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंकले यो गाडीको करिब ४ सय बुकिङ लिइएको जानकारी दिएको हो।
साइमेक्सका मार्केटिङ म्यानेजर समिर श्रेष्ठले नाडा अटो शो र त्यसपश्चात गरी डल्फिन मात्रै करिब ४ सय बुकिङ भएको जानकारी दिए।
माग भएका गाडी सोमबारदेखि हस्तान्तरण गर्न थालिने उनको भनाई छ। ‘डल्फिलन करिब ४ सय बुकिङ छ,’ उनले भने, ‘आगामी साता डेलिभरी सुरु गर्छौँ।’
डल्फिन ह्याचव्याक भदौँ २५ गते मात्रै सार्वजनीक भएको थियो। यसको सुरुवाती मूल्य ३९ लाख ८० हजार रहेको छ। यसमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्रीका साथमा रहेको यो गाडीमा ७ किलोवाट चार्जर लिन्छ।
एक पटक फुल चार्ज गरेपछि यो गाडी ३४० किलोमिटरसम्म गुड्ने बिक्रेता साइमेक्स इंकको भनाइ छ।


