२०८३ कार्तिक १४ गते शुक्रबार

पर्यटकको स्वास्थ्य जाँच गर्न हिमाली क्षेत्र पुग्यो डाक्टरको टोली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ११
Mt_everest_climbing
हिमाली क्षेत्रमा पुगेका पर्यटक। फाइल तस्बिर

काठमाडौँ- शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमाली क्षेत्रमा पुगेको छ।

हिमालय उद्धार सङ्घले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लागि मनाङ र सोलुखुम्बुमा चिकित्सकको टोली पठाएको हो।

सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले मनाङको मनाङगाउँ स्वास्थ्य चौकीमा चार र सोलुखुम्बुको फेरिचे स्वास्थ्य चौकीमा तीन चिकित्सक पठाइएको जानकारी दिए। उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसकेको छ।

स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सक पठाइएको उनको भनाइ छ। मनाङ गाउँमा पठाइएका चिकित्सकमध्ये तीन विदेशी र एक नेपाली रहेका छन् भने फेरिचेमा पठाइएका तीनै विदेशी चिकित्सक रहेका छन्।

हिमालय उद्धार सङ्घले पदयात्री तथा आरोहीको स्वास्थ्य जाँचलाई सहज पुग्ने उदेश्यले मनाङगाउँ र फेरिचेमा आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरि सेवा प्रदान गर्दै आइरहेको छ।

सङ्घका अध्यक्ष डम्बर पराजुलीले शरद ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी तथा स्वदेशी पर्यटक घुम्नका लागि हिमाली क्षेत्रतर्फ गइसकेकाले चिकित्सकको टोलीसमेत पठाइसकिएको बताउनुभयो।

मनाङ जाने पर्वतारोही थोरङ्लापास, चुलु हिमाल, तिलिचो, अन्नपूर्ण–२, अन्नपूर्ण–४ लगायतमा आरोहण गर्ने गरेका छन्।

यस्तै सोलुखुम्बुका लागि जाने पर्यटक भने आइल्याण्ड पिक, आमादब्लम, लोपुचे पिकलगायतमा चढ्ने गरेका छन्।

शरद ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही भने एकदमै कम भएकाले सगरमाथा आधार शिविरमा चिकित्सकको टोली नपठाइएको सो सङ्घले जनाएको छ।

सन् १९७३ मा स्थापना भएको सङ्घले मनाङ, गोसाइकुण्ड, फेरिचे र सगरमाथा आधार शिविरमा डाक्टर पठाएर आरोहीको स्वास्थ्य जाँचमा सहयोग गर्दै आएको छ। सङ्घले स्वदेशी तथा विदेशी चिकित्सकलाई तालिम दिएर सो क्षेत्रमा पठाउँदै आएको छ।

उक्त क्षेत्रमा जाने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ता गर्ने र श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाउने गरेको सिईओ बस्यालले बताए।

चिकित्सकको टोली सो क्षेत्रमा तीन महिना रहने सङ्घले जनाएको छ।

प्रकाशित: २०८० असोज ११ गते बिहिबार ०५:४२
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना