काठमाडौं – आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। छातीमा समस्या आएपछि उनी शक्रबार राति नै अस्पताल भर्ना भएको बताइएको छ।
अभिनेता केसीलाई हिजो शुक्रबार नै भक्तपुरको साँगाबाट पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेका अनुसार छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको हो।
‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन्। उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो।
प्रहरीले आज शनिबार परेकाले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ।







