पर्वत- पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाएको छ।
जिप बगाउँदा त्यसमा सवार तीन जना यात्रु बेपत्ता भएका छन्।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाएको हो।
बाढीले बगाएर बेपत्ता हुनेमा तीनै पुरुष छन्।
उनीहरू चढेको गाडीसमेत बेपत्ता छ।
४ जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ।
शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो। सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो।


