२०८३ कार्तिक १२ गते बुधबार

चाडपर्वमा सरकारको महंगी उपहार : ग्यास सिलिन्डरमै २११०, चिनी डेढ सय

 |  हरिप्रसाद शर्मा
Sanket

हरिप्रसाद शर्मा

काठमाडौँ, असोज १४
price_hike

काठमाडौं- सरकारले चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्ताको ढाड सेक्ने गरी उपभोग्य र पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

सरकारले नेपालीहरूको महान पर्व बडादसैं नजिकिँदै जाँदा पेट्रोल, डिजल र खाना पकाउने एलपी ग्यासको मूल्य अत्यधिक बढाएको हो।

नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डरमै २१५ रुपैयाँ एकैचोटि बढाएको छ। बढेको मूल्यसँगै उपभोक्ताले एक सिलिन्डर ग्यासको २११० रुपैयाँ तिर्नुपर्ने छ।

यसअघि प्रतिसिलिन्डरको मूल्य १८९५ रुपैयाँ थियो। बढेको ग्यासको मूल्य अहिलेसम्मकै बढी हो।

ग्यास मात्र होइन, निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँका दरका दरले बढाएको छ।

बढेको मूल्यअनुसार, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको हो।

योसँगै कोरोना महामारी र मुलुकमा उत्पन्न आर्थिक मन्दीको चपेटमा परेका उपभोक्ताले चाडपर्व नजिँकिएसँगै महंगीको मारमा खेप्ने परेको छ।

देशमा देखिएको आर्थिक मन्दी र संकट टार्दै उपभोक्तालाई सहुलियत दिनुपर्ने सरकारले उल्टै हरेक वस्तुमा मूल्यवृद्धि गर्दै लगेको छ।

ग्यास र पेट्रोलियम पदार्थमात्र होइन, पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि पनि ह्रवात्तै बढेको छ।

चाडपर्वका बेला बढी खपत हुने चिनिको मूल्य अहिले आकासिएको छ। एक महिना पहिले ९० रुपैयाँ प्रतिकेजी पाइने चिनीको खुद्रा मूल्य अहिले डेढ सय रुपैयाँ पुगेको छ।

थोक व्यापारीले चिनिको मूल्य बढाइदिँदा त्यसको प्रभाव खुद्रा पसल हुँदै आम उपभोक्तामा परिरहेको छ। अहिले खुद्रा पसलैपिच्छे चिनीको मूल्य फरक-फरक छ। कतिपय खुद्रा व्यापारीले चिनी प्रतिकेजी १३० देखि १५० रुपैयाँसम्म लिने गरेका छन्।

चिनीको मूल्य व्यापारीपिच्छे फरक हुन थालेपछि नेपाल खुद्रा व्यापार संघले पनि उपभोग्य वस्तुको सूचीमा चिनीको मूल्य राख्नै छाडेको छ। बजारमा चिनीको निश्चित भाउ नभएको संघ स्वीकार्छ।

चिनीसँगै मसलाको रुपमा प्रयोग हुने जीराको मूल्य पनि अचाक्ली बढिरहेको छ। गत २०८० वैशाखसम्म ५५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने जीरा मसलाको मूल्य अहिले दोब्बरभन्दा बढी पुगेको छ। अहिले जीरा (गेडा) मसलाको खुद्रा मूल्य प्रतिकिलो साढे १२ सयसम्म पुगेको छ।

त्यस्तै, चामल, दाल, गेडागुडीजन्य वस्तुको मूल्य पनि छोइनसक्नु छ। एक महिना अघि ३० केजीको सोना चामलको खुद्रा मूल्य १४५० थियो। अहिले मूल्य बढेर सोही चामल खुद्रा मूल्य १९५० देखि २००० पुगेको छ।

यसअघि १९०० रुपैयाँ पर्ने स्ट्रिम सोना ३० किलोको चामलको थोक मूल्य बढेर अहिले २१५० सम्म पुगेको छ। खुद्रामा बिक्री गर्दा २२०० सम्म पर्ने गरेको छ। पछिल्लो एक महिनामा सबैखाले चामलको मूल्यमा बोरामै डेढ सयदेखि २०० रुपैयाँसम्म बढेको छ।

त्यस्तै, चना, रहर दाल, राजमालगायतका गेडागुडीको मूल्यमा पनि ५० देखि १०० रुपैयाँले बढेको छ। त्यस्तै, भान्सामा दैनिक प्रयोग हुने प्याज, लसुन, लोकल गोलभेडा, टनेल गोलभेंडा, बन्दा, मूला, अदुवा, हरियो खुर्सानीलगायतको मूल्य पनि बढिरहेको छ। यता, फलफूल स्याउ, केरालगायतका वस्तुको मूल्य बढेको व्यापारी बताउँछन्।

त्यस्तै, अहिले बजारमा कुखुराको अण्डा, मासुलगायतको मूल्य उच्च दरले बढेको छ। २०८० भदौ ३ गतेपछि कुखुराको अण्डा प्रतिगोटाको मूल्य २० पुगेको छ। मध्यम साइजको अण्डाको प्रतिक्रेट ४७० रुपैयाँसम्म पर्छ। अण्डाको मूल्य समायोजन हुनुअघि प्रतिक्रेट मध्यम साइजको अण्डाको मूल्य ४१० रुपैयाँ थियो।

अण्डासँगै ब्रोइलर कुखुराको मासुको मूल्य पनि बढेको छ। एक महिनाअघि ३४० देखि ३६० रुपैयाँ पर्ने ब्रोइलर कुखुराको तयारी मासुको मूल्य अहिले ४२० रुपैयाँ पुगेको छ।

पेट्रोलियम पदार्थसँगै खाद्यान्न, फलफूल, तरकारीजन्य वस्तुदेखि मूल्य यसरी बढिरहँदा सरकारले भने मूल्यवृद्धि नियन्त्रण गर्न सकिरहेको छैन। चाडबाडको बेला झारा टार्ने किसिमको अनुगमनबाहेक सरकारले मूल्यवृद्धि नियन्त्रणमा ठोस पहल गर्न सकेको देखिँदैन।

चाडपर्वका बेला उपभोक्तालाई सहुलियत दिनुपर्नेमा उल्टै उपभोक्ताले सरकारबाट मूल्यवृद्धि उपहार दिइनु दुखद् रहेको उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछन्। व्यापारीले हरेक वस्तुको मूल्यवृद्धि गरिरहँदा मूल्यवृद्धि नियन्त्रण र प्रभावकारी अनुगमन गर्न सरकार चुक्दा उपभोक्ता ठगिनु परेको उनको भनाइ छ।

बढ्दो मूल्यवृद्धि आम उपभोक्ताले सरकारले नभएको महसुस गरेको भन्दै भएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने उनको माग छ। ‘सरकारले चाडपर्वकै बेला पेट्रोलियम पदार्थ र उपभोग्य वस्तुको मूल्य बढाएर उपभोक्तालाई महंगी उपहार दियो,’ उनले भने, ‘जुन कुरा न्यायोचित छैन, मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ।’

मुख्य सामानको मूल्यवृद्धि हुँदा पनि सरकार भने चुपचाप नै छ। चाडपर्व आएपछि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले झारा टार्ने किसिमले अनुगमन गर्छ। यसले न मूल्यवद्धि रोकिन्छ, न बजार नै सुध्रिन सकेको छ।

तर, विभागले भने सबै वस्तुको मूल्यवृद्धि भएको मान्न तयार छैन। मूल्यवृद्धि भएका वस्तुको अध्ययन गरिरहेको विभागका महानिर्देशक तीर्थराज चिलुवाल बताउँछन्।

‘सबै वस्तुको मूल्य बढेको होइन, तर केही वस्तुको जस्तो कि अहिले असाध्यै बाहिर आएको चिनीको मूल्य हो। बजारमा चिनीको अभाव र उपलब्धता पनि कम भएको अवस्थामा मूल्य अलिकति बढेको जस्तो देखिएको छ,’ उनले भने, ‘हामीले कुन लेयर(तह)मा बढेको हो भनेर एक ‘टीम’ गठन भएर त्यसले अध्ययन गरिरहेको छ।’

प्रकाशित: २०८० असोज १४ गते आईतबार ११:४९
Sanket

हरिप्रसाद शर्मा

शर्मा अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना