काठमाडौँ- काठमाडौंको गौशालामा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्।
चक्कु प्रहारबाट बाराका सादिल हुसेन घाइते भएका छन्। चक्कु प्रहार गर्ने व्यक्ति भने फरार छन्।
सादिललाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनको खुट्टामा चोट छ।
हुसेनले गौशालामा पीके डायग्नोस्टिक सेन्टर सञ्चालन गर्दै आएका छन्।


