काठमाडौँ- काठमाडौंको गौशालामा चक्कु प्रहारबाट एक जना घाइते भएका व्यक्ति डायग्नोस्टिक सेन्टरका सञ्चालक भएको खुलेको छ।
काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीका अनुसार गौशालामा पीके डायग्नोस्टिक सेन्टर चलाउँदै आएका साविर हुसेन चक्कु प्रहारबाट घाइते भएका हुन्।
बारा जिल्ला कलैया नगरपालिका-२१ घर भई हाल काठमाडौँ जिल्ला कोटेश्वर बस्ने ३८ का साविर हुसेन घाइते भएका हुन्।
सादिललाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगी उपचार सुरु गरिएको खत्रीले जानकारी दिए।
उनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा छैनन्।
प्रहरीद्वारा घटनास्थलबाट कटुवा थान-१, गोली थान-१ र चक्कु थान-१ बरामद गरिएको एसएसपी खत्रीले जानकारी दिए।
चक्कु प्रहार गरेपछि उनी पेस्तोल र चक्कु त्यहीँ छोडेर भागेका थिए।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।


