काठमाडौं– बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।
बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ। थप विवरण आउन बाँकी छ।


