२०८३ कार्तिक २१ गते शुक्रबार

जलस्रोतमा क्षतिसँगै बढ्दैछ खाद्य असुरक्षा

 |  चिरञ्जीवी दाहाल
Sanket

चिरञ्जीवी दाहाल

काठमाडौँ, असोज १९
chiranjivi

मानव जीवनका लागि पानी एक अत्यावश्यक पोषक तत्व हो। यसले मानव शरीरमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। मानिस पानी बिना लामो समयसम्म बाँच्न सक्दैन। शरीरको प्रत्येक प्रणालीलाई पानी चाहिन्छ।

मानव कोशिकाहरू र तन्तुहरू देखि महत्त्वपूर्ण अङ्गहरू सञ्चालन गर्ने काममा पानीको मुख्य भूमिका हुन्छ। पानीले विभिन्न पोषक तत्व, खनिज र लवण बोकेको हुन्छ। यसले मानव शरीर र मानव मस्तिष्कका सबै कोशिकाहरूलाई अक्सिजन प्रदान गर्दछ। पानीले शरीरलाई खनिज, भिटामिन, एमिनो एसिड, ग्लुकोज र अन्य पदार्थहरू अवशोषित र आत्मसात गर्न मद्दत गरिरहेको हुन्छ।

त्यसैले पानी, मानव लगायत लाखौं प्रजातिहरूको जीवनको आधार हो। माइक्रोनमा मापन गरिएका सबैभन्दा सानो जीवहरूदेखि लिएर ३० मिटर लामो आकारको निलो ह्वेललाई समेत बाँच्नका लागि पानी नभइ हुदैन। पानी मानव शरीरको लागि अत्यावश्यक आवश्यकता मात्र होइन, यो जीवन जिउने मुख्य वस्तु र अमूल्य निधि पनि हो। तसर्थ पानी नै जीवन हो, जीवन पानी हो। पानी बिना जीवन सम्भव छैन। मानिस, नजन्मिँदै अर्थात् भ्रूण अवस्थामा रहँदा समेत पानीमा पौडिएर रहने प्राणी भएको तथ्य जगजाहेर छ। फेरिपनि मानिसलाई जन्म देखि मृत्युपर्यन्त पानीको आवश्यकता परिरहेको हुन्छ। तर विडम्बना , संसारमा १ अर्ब १ करोड मानिस, शुद्ध पिउने पानीको सहज पहुँचबाट वञ्चित छन्।

विश्वको कुल जनसंख्या मध्ये २.६ अर्ब मानिसको पर्याप्त पानीको अभावका कारण सरसफाइमा पहुँच पुगेको छैन भने दूषित पानीबाट उत्पन्न हुने रोगहरूबाट प्रत्येक वर्ष एक करोड मानिसहरूको मृत्यु हुने गरेको छ। जसमध्ये अधिकांश मृत्यु हुनेहरू मध्ये अल्प विकसित देशका बालबालिका हुने गरेका छन्। सन् २०५० सम्ममा विश्वका एक चौथाइ जनसंख्या ताजा पानीको अभावग्रस्त देश र गाउँ तथा शहरमा रहनुपर्ने तथ्य प्रक्षेपण गरिएको छ। मानव सभ्यताका लागि यो सुखद समाचार पक्कै होइन।

विश्वव्यापी पानी खपतको ७० प्रतिशत पानी कृषि वालीका लागि आवश्यक पर्दछ। तसर्थ, यसको प्रभावका सन्दर्भमा उल्लेख गर्दा, किसान भनेका उपभोक्ताहरू हुन्। यति विधि परिमाणमा पानी चाहिने उपभोक्ताले पर्याप्त मात्रामा पानीको प्रयोग गर्न पाएका हुँदैनन्। विश्वमा उपलब्ध पानीको प्रयोग गर्ने विधि केही प्रतिशत मात्र वैज्ञानिक र आधुनिक भएपनि संसारका अधिकांश देशमा अवैज्ञानिक एवं पुरातन परम्परामा सिंचाई गर्ने परिपाटी हालसम्म पनि कायम छ।

संसारमा ८६ प्रतिशत सिँचाइ बाढी विधि ( कुलो र नहर ) द्वारा गर्ने गरिन्छ, जुन तरिका अपनाउँदा हरेक वालीमा आवश्यकता भन्दा निकै धेरै मात्रामा पानी खर्च भएर खेर गइरहेको हुन्छ। यो विधि अत्यन्त पुरानो भएकोले प्रमुख आधारभूत बाली बाहेक अन्य खाद्यान्न, तरकारी र फलफूल खेतीमा ड्रिप सिंचाई तथा स्प्रिङ कलर सिंचाईको प्रयोग अनिवार्य गर्नुपर्ने देखिन्छ। जसबाट ठूलो परिमाणमा स्वच्छ पानीको वचत हुनसक्छ। यसरी वचत हुन जाने पानीलाई पानीको अभावले काकाकुल बन्न वाध्य भएका विभिन्न मुलुकका अभावग्रस्त मानिसहरूमा पिउने पानीको रूपमा वितरण गर्न सकिन्छ।

यस विषयमा संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन एवं संसारका कृषि प्रशासक, कृषि वैज्ञानिक र कृषि विशेषज्ञहरू लगायत यसमा सङ्लग्न सबैले प्रत्यक्षरूपमा चासो दिनु जरुरी देखिन्छ। हाल ड्रिपर वा स्प्रिंकलर विधिको प्रयोग गरेर, विश्वमा जम्मा ३ प्रतिशत मात्र सिंचाई गर्ने गरिएको आँकडा बाहिरिएको छ। यो विधि अपनाएर खेती गर्दा हाल खेतीवालीमा प्रयोग भएको सम्पूर्ण पानी मध्ये ४० प्रतिशत पानी वचत हुनपुग्छ भन्ने अनुमान गरिएको छ।

एकातिर पानी र मानव स्वास्थ्य बिच घनिष्ट सम्बन्ध भएकोले प्रत्यक्षरूपमा, अबको युगले प्रदूषित पानीका मुहान र स्रोतहरू शुद्ध गरेर विकासोन्मुख देशहरूमा जनसंख्याको मृत्युदर घटाउने काम गरि संसारभरमा नयाँ नयाँ प्रविधि खोजी गर्ने प्रयास नगर्ने हो भने वर्तमान आधुनिक विश्वले भविष्यमा विकराल परिस्थितिको सामना गर्नुपर्ने स्पष्ट देखिन्छ। यसको मारमा विशेष गरी अल्प विकसित मुलुकहरू र त्यहाँका बासिन्दा पर्न सक्नेछन्।

दुर्भाग्यवश, हामीले पानी जस्तो बहुमूल्य स्रोतको उपयोग गर्ने अवैज्ञानिक तरिकाले हाम्रो स्वास्थ्यलाई मात्र असर गर्दैन, यसले पानीमा निर्भर रहेका सबै प्राणी र जीवलाई पनि प्रत्यक्ष असर गर्छ। औद्योगिक कलकारखानाबाट प्रदूषण, पानीको अत्यधिक दोहन, पानीको मुहानमा हुने भौतिक परिवर्तन र जलवायु परिवर्तनले पानीको गुणस्तर र उपलब्धतालाई अत्यन्त कमजोर बनाइराखेको छ।

कृषिको सन्दर्भमा, बालीनालीका लागि प्रयोग गरिने पानीमा रासायनिक मल र कीटनाशक विषादीमा प्रयोग भएका रसायनको अवशेष रहिरहने प्रबल सम्भावना रहन्छ। प्रयोग गरिसकेपछि र कहिलेकाहीँ प्रशोधन गरिसकेपछि, यी परिवर्तन गरिएका केही पानी, पानीको प्राकृतिक भण्डारमा फर्किन्छन्। यसले पानीको भण्डार नै दुषित हुनसक्ने सम्भावना ज्युँकात्युँ राखिराख्छ। यातायात र उद्योगबाट निस्कने वायुजन्य प्रदूषक र रासायनिक पदार्थहरूका कारण पानी दुषित भइरहेको तथ्य आफ्नै ठाउँमा छ।

हिमाली मुलुकमा रहेका हिमालयका हिमताल र अन्य सिमसार र रामसार क्षेत्रहरू जोखिममा पुगिसकेका छन्। अत्यधिक पानी निकासी, जलवायुमा आएको परिवर्तनका कारण र सिँचाइ उद्देश्यका लागि बनाइएका केही बाँधहरूले तालको इकोसिस्टममा ठूलो दबाब सिर्जना गर्ने गर्दछन्। यसबाहेक हामीसँग भएका नदीनाला, खोला, झरना र तालहरूमा दिन प्रतिदिन पानीको बहाब र पानीको सतह क्रमश घट्दै र सुक्दै गएका छन्।

वर्षा मासमा फुट्ने गरेका पानीका मुलहरू हरेक वर्ष फुट्न छोडेका छन्। इनार, बोरिङ र कुवाहरूमा बिस्तारै पानी सुक्दै गइरहेको देख्न सकिन्छ। यो क्रम बढ्दै जानु भनेको मानव विकासका दृष्टिले गम्भीर प्रकृतिको समस्या खडा हुँदै गएको सम्झनु पर्छ। यस दिशामा एउटा मुलुकले मात्र केही गर्न सक्दैन। जसका लागि समग्र विश्व समुदाय एकजुट हुनु आजको आवश्यकता हो। सबैको संयुक्त प्रयासबाट थप विनाश रोक्न अनेकौं उपायहरू अवलम्बन गर्नुपर्दछ र संसारकै जलस्रोतमा भइरहेको क्षतिलाई रोक्नुपर्दछ।

खाद्यान्न लगायत समस्त कृषिबालीको उत्पादन लिनको लागि पानीको महत्वपूर्ण भूमिका रहेको हुन्छ। पानीको अभावमा कुनै पनि बालीनालीबाट उत्पादन लिने कुराको कल्पना पनि गर्न सकिँदैन। पानी जस्तै मानव स्वास्थ्यका लागि, मानव विकासका लागि, मानव अस्तित्वका लागि र मान्छेको बाँच्ने सवालमा अर्को महत्वपूर्ण भूमिका खेल्ने वस्तु खाद्यान्न जस्तो महत्वपूर्ण वस्तुमा असुरक्षा बढ्दै गएको छ।

यसको प्रमुख कारण मध्ये संसारबाट रैथाने प्रजातिका वालीहरू र तिनका बिउहरू हराउँदै जाने क्रम तिब्र गतिमा बढीरहेको पाइन्छ। यसतर्फ समयमा ध्यानदिन नसक्ने हो भने र रैथाने बिउ संरक्षणका लागि बिउ बैङ्कको स्थापना नगर्ने हो भने एकदिन सम्पूर्ण विश्व जगत विकराल खाद्यान्न सङ्कटबाट नगुज्रिएला भन्न सकिन्न।

खाद्य असुरक्षा, गरिबी वृद्धि हुने सबैभन्दा महत्वपूर्ण कारण हो। यसले खाद्यान्नको सीमित उपलब्धता र आधारभूत स्वस्थ र सन्तुलित आहारमा नियमित र स्वीकार्य तरिकाले पुग्न नसक्ने अवस्था उत्पन्न गरिदिन्छ। खाद्य असुरक्षाले यसबाट पीडित व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका साथै सामाजिक सम्बन्धमा समेत क्षति पुर्याउँछ। यसबाट गरिबीमा बाँचिरहेका परिवारलाई मात्र होइन खाद्य असुरक्षाले सबै तप्काका नागरिकलाई प्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ।

उता जनसंख्या वृद्धि र सहरीकरणले खाद्य प्रणालीमा प्रत्यक्ष असर पुग्ने कुरा निर्विवाद छ। व्यापक रुपमा वृद्धि हुँदै गएको सहरीकरण र खेतीयोग्य जमिनको चरम दुरुपयोगका कारण खाद्यान्नको माग अप्रत्यासित रुपमा बढ्दै गएको छ। माग बढेपछि मूल्यवृद्धि हुनु भनेको अर्थशास्त्रको सिद्धान्त हो। जनसंख्या वृद्धिका कारण अपर्याप्त स्रोतसाधन पनि यसको प्रमुख समस्या बन्दै गएको छ। हरितगृह, विभिन्न प्रकारका प्रयोग गर्ने गरिएका ग्याँसहरू र खाद्य प्रणालीहरूद्वारा वातावरणमा निस्कने जलवायु परिवर्तनले खाद्य प्रणालीको भविष्यलाई खतरामा परिरहेको देख्न सकिन्छ। यिनै कारणहरूले खाद्य प्रणालीलाई वर्तमान अवस्थाभन्दा बढी प्रभावकारी र दिगो बनाउन अति आवश्यक देखिएकोछ।

यी लगायत अन्य केही कारणबाट खाद्यान्न उत्पादनमा कमी भयो भने मानव सभ्यतामाथि नै प्रश्न चिन्ह खडा हुन जान्छ। मान्छेको जीवनकालभरि पानी र खाद्यान्न नभई हुँदैन्। संसारका सबै मानिसहरूले कुनै न कुनै रूपमा खाद्य सामग्रीको प्रयोग गरिरहेका हुन्छन्। खाद्यान्न अभाव वा खाद्यान्न अपुग भएको अवस्थामा मानव अस्तित्वको कल्पना गर्न पनि सकिँदैन। संसारमा जति पनि मानिसहरू छन्, तिनको सम्बन्ध पानी र खाद्यान्नसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। त्यसैले के भन्न सकिन्छ भने खाद्यान्न हिड्ने, डुल्ने र बोल्ने आधार हो भने पानी जीवन जिउने आधार हो। त्यसैले यिनको समुचित प्रयोगमा ध्यान दिनु जरुरी छ।

(मत्स्य विकास अधिकृतबाट निवृत्त दाहाल चितवनमा रहेर साहित्यका विभिन्न विधामा कलम चलाउँछन्। उनको मुमुर्षा (आत्मकथा) र गृष्मजा (उपन्यास) प्रकाशित छन्।)

प्रकाशित: २०८० असोज १९ गते शुक्रबार ०८:१७
प्रतिक्रिया

थप समाचार

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना