२०८३ कार्तिक २१ गते शुक्रबार

एमाले गण्डकी अधिवेशन : हातहातमा पीएस-केआर प्यानलका लिस्ट, गेटबाहिर विवाद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १८
WhatsApp Image 2023-10-05 at 12.47.45

पोखरा-  निर्वाचन कमिटी र अध्यक्ष मण्डलले प्यानलगत प्रतिस्पर्धालाई निषेध गरे पनि मतदान सुरु भएसँगै नेकपा एमाले गण्डकीको अधिवेशनमा प्यानलगत लिस्ट बाहिरिएको छ।

दुवै गुटका समर्थकले धमाधम गुटको लिस्ट मतदानस्थल बाहिर वितरण गरेका हुन्।

लिस्ट वितरणले पोखरा सभागृहको गेटबाहिर विवाद सिर्जनासमेत भएको छ।

अध्यक्ष उम्मेदवार मायानाथ अधिकारीका समर्थकले प्यानल लिस्ट बाँड्दा नवराज शर्मा प्यानलका आदिवासी जनजाति कोटाका सदस्य उम्मेदवार हुमबहादुर गुरुङले खोसेर फालिदिएका थिए।

उनले अनेरास्ववियुका एक युवाको घाँटी समातेका थिए। पछि ती युवाले गुरुङले भुइँमा फालिदिएको लिस्ट टिपेर हिँडे। मतदान अहिले जारी छ।

यो अधिवेशनमा उपमाहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहको प्यानल प्रतिस्पर्धामा छ।

म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीले अध्यक्षका लागि उम्मेदवार छन्। शर्मा पार्टी उपमहासचिव गुरुङ र अधिकारी स्थायी कमिटी सदस्य अधिकारीको समूहबाट उम्मेदवार बनेका हुन्।

उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी छ। विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन्। सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवार छन्। दवाडी पृथ्वीसुब्बा र रश्मी खगराज प्यानलबाट उम्मेदवार बनेका हुन्।

उपसचिवमा दामबहादुर विक र सन्तोष रावलको उम्मेदवारी छ। विक पृथ्वीसुब्बा र रावल सन्तोषनिकट हुन्।

उम्मेदवारको प्रारम्भिक सूचीमा स्याङ्जाका अर्जुनकुमार सुनामको पनि नाम थियो। उनले पछि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। उपसचिव महिलामा मन्जु अधिकारी प्यासी र मिना गुरुङको उम्मेदवार छन्।

अधिकारी पृथ्वीसुब्बा र गुरुङ खगराज प्यानलका हुन्। पदाधिकारी र सदस्य चयन गर्न प्रदेशका ११ जिल्ला र जनवर्गीय संगठनबाट ९ सय ७ जना प्रतिनिधि मतदाता छन्।

मतदानका लागि ३३ वटा विद्युतिय भोटिङ मेसिन प्रयोग गरिएको छ। अध्यक्षका उम्मेदवार नवराज शर्मा र मायानाथ अधिकारीले मतदान गरेर मतदान कार्यको शुभारम्भ गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयले दिएको जानकारी अनुसार मतदान कार्यक्रम साँझ साढे ५ बजेसम्म चल्नेछ। मतदान सम्पन्न भएको १ घण्टा पश्चात नतिजा आउने दावी निर्वाचन कार्यालयको छ।

प्रकाशित: २०८० असोज १८ गते बिहिबार ०३:२७
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना