अन्टार्टिका महादेशमा बर्ड फ्लु फैलिएमा हजारौं पेन्गुइनको ज्यान जाने विज्ञहरुको चिन्ता छ। विगत वर्षहरुमा विश्वभर दशौं लाख पन्छीहरुले बर्डफ्लु संक्रमणका कारण ज्यान गुमाइसकेका छन्।
अन्टार्टिकामा संक्रमण देखिएसँगै अवस्था भयावह हुने बेलायती विज्ञ डा. जेन रम्बलले चेतावनी दिइन्। ‘यो विध्वंशकारी हुनेछ,’ उनले भनिन्।
दक्षिण अमेरिकाबाट बच्चा जन्माउनका लागि विभिन्न प्रजातिका चराहरु अन्टार्टिक समूद्रतर्फ जान्छन्। यसरी चराहरु बसाईँ सर्ने समय नजिकिएकाले उनीहरुसँगै अन्टार्टिक समूद्रमा बर्ड फ्लु भित्रने आशंका गरिएको छ।
अन्टार्टिका महादेश झन्डै १ करोडभन्दा धेरै चराहरुको सुत्केरी हुने स्थल हो। त्यहीकारण यस क्षेत्रमा बर्ड फ्लु फैलदाँ अवस्था भयावह हुने वैज्ञानिकहरुको चिन्ता छ।
‘म संख्या तोक्न चाहन्नँ। तर यो निकै गम्भीर हुनेछ। सिल, टन्स र पेन्गुइन सबैभन्दा धेरै मारमा पर्ने देखिन्छ,’ बायोलोजिस्ट डा. टम हार्टले भने, ‘पेनगुइन बढी जोखिममा छ किनकी यस चरामा अन्य यस्तै भाइरसहरु देखिएका छन्।’
बर्ड फ्लु प्राय चराहरुमा ज्यादा फैलने भएपनि यसले अन्य जनावरलाई पनि संक्रमित गरेको छ। जस्तो, सिल र समूद्री लायन यसबाट प्रभावित भएका थिए।
जोखिमसँग जुध्नका लागि यहाँ आउने पर्यटकहरुमाथि पनि कडाई हुनसक्छ। अवस्था धेरै बिग्रिएमा अन्टार्टिका घुम्न आउने पर्यटकहरुले क्रुज सिपबाट जमिनमा टेक्न नपाउनसक्छन्। ‘पर्यटकहरुले अपेक्षा गरेजसरी मज्जा छुट्टी मनाउन नपाउनसक्छन्,’ हार्टले भने।
दक्षिण अमेरिकामा अहिले बर्ड फ्लुका घटना बढिरहेको छ। यो रोग यहाँ निकै ठूलो चुनौती बनेको छ र यहाँबाट अन्टार्टिकतर्फ सर्ने चिन्ता छ।
गत वर्ष अक्टुबरमा एच५एन१ (बर्ड फ्ल) भाइरस पहिलोपटक दक्षिण अमेरिकामा देखिएको थियो।
अन्टार्टिकामा संक्रमण देखिएसँगै अवस्था भयावह हुने बेलायती विज्ञ डा. जेन रम्बलले चेतावनी दिइन्। ‘यो विध्वंशकारी हुनेछ,’ उनले भनिन्।
२०२२ को बसाईँसराईँ यतिबेला सुरु भइसकेको थियो। केवल तीन महिनाभित्र कोलम्बियादेखि चिलीसम्म यो भाइरस महामारीका रुपमा फैलियो। फ्लु विज्ञहरुको वैश्विक नेटवर्क ( अफफ्लु ) का अनुसार चिली र पेरुमा त्यसयता ६५ प्रजातीका ५ लाखभन्दा धेरै जंगली चरा मरिसकेका छ।
त्यस्तै, २० हजार जनावरहरु पनि यसैको संक्रमणका कारण मरिसकेका छन्। वास्तविक मृत्युदर योभन्दा निकै धेरै रहेको अनुमान छ, किनकी जंगली चराहरुमा परीक्षण गर्न निकै कठिन छ।
चर्चित इम्पेरियर पेन्गुइन, फुर सिललगायत विभिन्न प्रजातीहरु अन्टार्टिका महादेशमा समुहमा रहेर डुल्ने गरेका छन्। यस महादेशमा यस्ता प्रजातीहरुको जनसंख्या ठूलो रहेकाले रोग एकैपटक फैलनसक्ने त्रास छ।
‘जनावरहरु समुहमा रहेर घुम्ने गर्छन्। केही स्थानमा जेन्टो पेन्गुइन, कहिँ चिन्स्ट्राप पेन्गुइन, कहिँ एलिफेन्ट सिल्स, कहिँ फुर सिल्सलगायत छन्। उनीहरु प्रायः साथमै हुन्छन्,’ डा रम्बलले भनिन्,‘उनीहरुका प्राकृति शिकारी पानीमा हुन्छन्। त्यसैले जमिनमा यही जनावरहरुले एकले अर्कालाई रोक्दैनन्।’
समूद्री स्तनधारी खतरामा छन्। ९५ प्रतिशत अन्टार्टिका फुर सिल्सहरु केवल एकै टापू आसपास बस्छन्। जसकारण, संक्रमण फैलिएमा महामारीको रुप लिने उच्च जोखिम छ।
एच५ एन१ ले धेरै प्रजातिहरुको संरक्षणमा चुनौती ल्याएको छ। उदाहरणका लागि, पेरुग्वेली बकुल्लोको ३६ प्रतिशत र चिलीको दुर्लभ हम्बोल्ड्ट पेन्गुइन १३ प्रतिशतले मासिएको छ।
अन्टार्टिका त्यस्ता दुई महादेश हो, जहाँ विश्वका अन्य महादेशमा फैलिएका उच्च संक्रामक बर्ड फ्लुको महामारी अहिलेसम्म फैलिएको छैन। अर्को अस्ट्रेलियामा पनि फैलिएको छैन। त्यहीकारण यहाँका प्रजातीहरुमा भाइरसविरुद्ध लड्न प्रतिरोधी क्षमता पनि कम रहेको अनुमान छ।
जंगली चराहरुलाई भाइरस फैलाउनबाट रोक्नु असंभवजस्तै हो। तर, अधिकारीहरुले अनुसन्धानकर्ता र पर्यटकका लागि भने वायोसेक्युरिटी मापदण्डहरु बढाएको छ। ‘हामीले मानिसका कारण अवस्था नबिग्रियोस् भन्नका लागि बायोसेक्युरिटी प्रोटोकलमा जोड दिएका छौं।
मानिसलाई कपडा र झोलाबाट चारा निकाल्न गाह्रो छ। किनारमा जाँदा बुटहरु डिस्इन्फेक्टेड हुन्छ, ताकि उनीहरुले एक ठाउँबाट अर्को ठाउँमा संक्रमण नफैलाउन्,’ रम्बलले भनिन्, ‘पहिलोपटक हामीले पर्यटकहरुलाई नबस्न आग्रह गरिरहेका छौं। किनकी यसले संक्रमणको जोखिम बढाउँछ। हामीले उनीहरुलाई जनावरसँग दूरी कायम राख्न भनिरहेका छौं। टुर अपरेटरहरुले पनि यस्तै आग्रह गरिरहेका छन्।’
पर्यटकको संख्या आकाशिएका कारण यस्ता मापदण्ड निकै महत्वपूर्ण मानिएको छ। अक्टोबरदेखि मार्चसम्म चल्ने यस सिजनमा कीर्तिमानी रुपमा १ लाख १५ हजारभन्दा धेरै पर्यटकले अन्टार्टिका घुम्ने अनुमान लगाइएको छ।
यस सिजन अन्टार्टिकामा फ्लु आपतकालीन समस्याका रुपमा देखिएको छ। तर, डा. रुम्बलेका अनुसार चराहरुले जलवायु परिवर्तन, ओभरफिसिङजस्ता चुनौती पनि सामना गरिरहेका छन्।
बाँकी विश्वको दाँजोमा अन्टार्टिकाका वैश्विक तापक्रम दुई गुणाले बढ्दैछ। गत महिना झन्डै १० हजार इम्पेरर पेन्गुइनका चल्लाहरु समूद्री हिउँ पग्लेर टुक्रदाँ मरेको समाचार आएको थियो, ती चल्लाहरुमा खुला समुद्रमा पौडी खेल्नका लागि आवश्यक वाटरप्रुफ पखेटा विकास हुनै बाँकी थियो।
‘अन्टार्टिका निकै क्रुर ठाउँ हो,’ डा. रम्बलले भनिन्।
अफ्रिकी पेन्गुइन लोप हुने खतरा
अफ्रिकी पेन्गुइनहरु लोप हुने अवस्थामा पुगेको र संरक्षणका लागि उचित मापदण्डहरु नबनाए सन् २०३५ सम्म लोप हुने अभियन्ताहरुले बताएका छन्। पछिल्ला १ सय वर्षमा अफ्रिकन पेन्गुइनको जनसंख्या नाटकिय रुपमा घद्धटेको छ। २० औं शताब्दीको सुरुवातमा दशौं लाख प्रजनन उमेरका पेन्गुइगनका जोडीहरु रहेको अनुमान थियो। अहिले यो संख्या ११ हजार जोडीभन्दा कम छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण युनियनले पेन्गुइनलाई दुलर्भको सुचीमा राखेको छ। अफ्रिकी पेन्गुइनहरु प्रायः नामिबिया र दक्षिण अफ्रिकाका समूद्री किनारका टापूमा बस्छन्। पेन्गुइन शहरमा पनि देखिन्छन्। उनीहरुले बगैंचामा गुडँ बनाउने, कारमुनी लुक्ने तथा केप टाउन घुम्न आउने पर्यटकहरुसँग खेल्ने समेत गरेका छन्।
हिन्द महासागरमा बढ्दो माछा मार्ने क्रम र जलवायु परिवर्तनले माछाको संख्या घटाएको छ। जसकारण, पेन्गुइनले खानाका लागि संघर्ष गर्नु परिरहेको छ। प्रदूषण, किटाणु, हावाहुरी र बाढीले पनि पेन्गुइनलाई असर पु¥याइरहेको छ। टु ओसन्स एक्युरियम फाउन्डेशनको रणनीतिक प्रोजेक्टका कार्यकारी जुडी मन भन्छन्, ‘हार मान्नु होइन। हामी आशावादी हुनुपर्छ। यदी माझी, दक्षिण अफ्रिकी सरकार, तेल तथा सिपिंग कम्पनी, वैज्ञानिक, संरक्षणकर्मी, अन्तर्राष्ट्रिय सहयोग र सर्वसाधारणले मिलेर काम गरे भने हामीले अफ्रिकी पेन्गुइनको संख्या घट्नबाट रोक्न सक्छौं।’
टेलिग्राफबाट


