काठमाडौँ– सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० जनाको शव नेपाल ल्याउनका लागि जहाज तयारी अवस्थामा राख्ने भएको छ।
शव काठमाडौँ ल्याउन इजरायली पक्षसँग समन्वय गर्नेसमेत निर्णय सरकारले गरेको छ।
परराष्ट्रमन्त्री एनपी साउदज्यूको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।
सकेसम्म छिटो उनीहरूको शव फिर्ता ल्याउने प्रयत्न गरिने परराष्ट्रमन्त्री साउदको भनाइ छ।
इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय समेत समितिले गरेको छ।


