२०८३ साउन १३ गते बुधबार

इजरायलबाट नेपालीको हारगुहार- मिसाइल खस्दा दर्दनाक हुन्छ, बंकर पनि सुरक्षित छैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २२
bunker

काठमाडौं– दाङका विपिन सुवेदी सुदुरपश्चिम प्रदेश कृषि विज्ञान संकायबाट अध्ययनका लागि इजरायल पुगेका उनीसहित ५ जना कृषि विद्यार्थीहरु यतिबेला जीवनमरणको दोसाँधमा छन्।

इजरायलको गाजा क्षेत्रमा भएको द्वन्द्वको चपेटामा उनीहरु छन्। हमास समूहले त्यसक्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ। जसका कारण कृषि अध्ययनका लागि नेपालबाट त्यहाँ पुगेका विद्यार्थीहरु त्रसित छ।

१० जना कृषि विद्यार्थीहरुको मृत्यु भएको सरकारले पुष्टि गरिसकेको छ। त्यसक्षेत्रमा ३९ जना कृषि अध्ययन गर्ने विद्यार्थीहरु छन्। बाँकी कतिपय विद्यार्थीहरु घाइते अवस्थामा छन् भने कतिपय बंकरमा लुकेर बसेका छन्।

कतिपयले कृषि अध्ययनरत विद्यार्थीहरुले आफुलाई इजरायलबाट छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरिरहेका छन्। कतिपयले भने सरकारले तीनदिसम्म पनि उद्धार नगरेकोमा सामाजिक सञ्जालमार्फत गुनासो र चित्कार सुनाइरहेका छन्।

यसैबीच दाङका विपिन सुवेदीसहित ५ जना विद्यार्थीहरु पनि इजरायलस्थित गाजा क्षेत्रमा बंकरभित्र लुकेर जीवनयाचन रहेका छन्। विगत ३ दिनसम्म पनि सरकारले उद्धार नगरेकोप्रति विपिनले सामाजिक सञ्जालमार्फत एउटा चित्कारपूर्ण भिडियो सेयर गरेका छन्।

जुन भिडियोमा उनीहरुले छिट्टै उद्धार गरी नेपाल जान चाहेको बिलौना गरिरहेको देखिन्छ। ‘म यो भिडियो नबनाउने स्थितिमा थिएँ। किनकी घरका परिवारलाई पीडा हुन्छ भनेर। तर, घरभन्दा माथि उठेर अहिले हामीले देशले केही नगरेको अवस्थामा हामी यो भिडियो बनाउन विवश भएका छौं,’ विपिनले भिडियोमा भनेका छन्।

आफूलाई दूतावासले उद्धार गर्छ भनेर लुगा लगाएर बसेपनि अहिलेसम्म उद्धारको कुनै पहल नगरेको उनको दुखेसो छ।

‘हामी करिब ३ दिन भयो यो बंकरमा बस्न थालेको। हिजो साँझदेखि हामीले एम्बेसीले उद्धार गर्छ कि भनेर हामीहरु लुगा लाएर पनि बसेका छौं,’ लुगा देखाउँदै उनी भन्छन, ‘हामीलाई आस त्यति छ। तर, रातमा यो बंकर पनि माथिबाट मिसाइल खस्दा खेरी निकै दर्दनाक हुन्छ। हामीले १० जना साथीहरु त गुमाइसक्यौं। अझै पनि हामी आफू पनि गुम्छौं कि भन्ने डर छ। १० जना साथीहरुको त्यो चिच्याहट र गुहारहरु सबै चीजको हामीलाई याद आउँछ। जसका कारण रातभर निद्रा लाग्दैन।’

विपिनले आफूहरु बंकरभित्र पनि सुरक्षित नरहेको बताएका छन्। ‘हामी बंकरमा पनि सुरक्षित महसुस गरिरहेका छैनौं। बंकरमा छिर्ने ढोका खुल्लै हुने भएकाले घरीघरी डर लाग्छ,’ उनले भने, ‘मिसाइलले हामी पनि राती क्रुरतापूर्वक मार्यो भने हामीले के गर्ने? कृपया बिन्ती छ, हामी अझै पनि कुर्न सक्दैनौं।’

भारतले एक टिकटरस्टार विद्यार्थीलाई विमान चार्टर गरेर लगेको प्रसंग सुनाउँदै विपिनले भने, ‘हाम्रो नेपाल सरकारले हामी ३९ जनामध्ये १० जना त गुमाइसक्यौं। अझै पनि जति बँचेका छौं, त्यतिलाई त केही न केही त गर्न सकिन्छ नि!’

सरकारले आफूहरुको छिटो उद्धार गरेर नेपाल फर्किएमा आफूहरुले पनि केही गर्ने सोचेको उनले बताएका छन्।

‘देश फर्केर हामीले पनि केही न केही त गर्छौँ होला नि। केही न केही गर्दिओस् सरकारले,’ उनको आग्रह छ।

तीन दिनदेखि उद्धार नभएको रोष व्यक्त गर्दै उनले भिडियोमा भनेका छन, ‘हामीलाई त मिटिङ भइरहेको छ, यतात्यता सुनाउनु पर्दैन म्यासेजमा। हामीले यस्तो गरिरहेका छौं, भनिरहनुपर्दैन। तीन दिनसम्म हामीहरु मानसिक रुपमा निकै नै तनावपूर्ण रुपमा बसेका छौं। राती बंकरमा बस्दा मेरो आफ्नै सास पुग्दैन। मुटु फुट्न खोज्छ। मुख बन्द हुन्छ। कहिलेसम्म हामी यसरी बस्ने?

आफूहरु दिनदिनै बंकरभित्र बस्न नसक्ने भएकाले भिडियो बनाएको उनले बताएका छन्।

‘यो भिडियो हामीले किन बनाएको भने केही हुन्छ कि भनेर बनाएका हौं। तीन रात त यसरी नै बितायौं। आजको रात पनि यहाँ नै बिताउनुपर्यो भने रातले नै हामीलाइ लखेट्नेछ,’ उनले अन्तिममा भनेका छन्, ‘हामी यहाँ कुन परिस्थितिमा छौं, त्यो पीडा राज्यले देखेको छौं। जे भए पनि बिन्ती छ हामीलाइ यहाँबाट उद्धार गरोस् सरकारले। हामी नेपाल फर्कन चाहन्छौं।’

विपिनजस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई कृषि अध्ययनका लागि इजरायलमा रहेका सुरज भण्डारीले आफुलाई छिटो उद्धार गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुला पत्र नै पठाएका छन्।

‘अबको हाम्रो आसा पनि तपाइ नै हो, भरोसा पनि तपाइ नै हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन। हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस्। हामी देशमा नै रमाउनेछौं।’ उनले पत्रमा लेखेका छन्।

उनले नेपालको ३ वटा विश्वविद्यालयलबाट त्यहाँ विद्यार्थीहरु रहेको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविधालय, त्रिभुवन विश्वविद्यालय र सुदुरपश्चि विश्वविद्यालयबाट यहाँ केही विद्यार्थी रहेको सुरजले बताएका छन्।

अन्य विद्यार्थी र नेपालीहरु नागरिक पनि त्यहाँ भएको जानकारी दिँदै उनले लेखेका छन्, ‘छिटोभन्दा छिटो नेपाल सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाइले अवश्य गराउनुहुनेछ। यो हाम्रो तपाइप्रतिको विश्वास हो। यहिँ विश्वासमा नै हाम्रो सास अडेको छ।’

विपिन र सुरजलगायत धेरै नेपाली विद्यार्थी र नेपाली नागरिकहरुले सरकारलाई उद्धारका लागि पहल गरिदिन विभिन्न माध्यमबाट अनुरोध गरिरहेका छन्।

प्रकाशित: २०८० असोज २२ गते सोमबार ०१:४८
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना