काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल र भारतको सीमा कालापानीक्षेत्रमा पुगेका छन् । नेपालले आफ्नो नक्सामा समावेश गरेको उक्त क्षेत्रको अध्यात्मिक भ्रमण गरेको मोदीले ट्वीटमार्फत जानकारी गराएका हुन् ।
‘उत्तराखण्डस्थित पिथौरागढको पवित्र पार्वतीकुण्ड दर्शन तथा पूजाबाट अभिभूत भएको छु । आदिकैलाशको दर्शनबाट पनि मन आह्लादित बनेको छ । प्रकृतिको काखमा रहेको अध्यात्म एवं संस्कृतिको यस स्थलबाट देशका सबै परिवारको सुखमय जीवनको कामना गरेको छु, मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

पार्वती कुण्ड र आदिकैलाशमा मोदीले पूजा आराधना समेत गरेका हुन् ।


