काठमाडौँ– युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली काठमाडौँका लागि उडेका छन्।
नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन्।
विमानले स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय ५ बजेर १७ मिनेट) मा उडान भरेको हो।
नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुनेछ।
नेपाल फर्किन करिब चार सय नेपाली नागरिक इच्छुक थिए।
तर २५३ जना मात्र नेपाल फर्किएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदको सचिवालयले जानकारी दिएको छ।
नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद इजरायल गएका छन्। उनी पनि सोही विमानमा नेपाल फर्कँदैछन्।
इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थी मारिएका छन्।
उनीहरूको शव भने इजरायली पक्षले हस्तान्तरण नगरेका कारण नल्याइएको बताइएको छ।
