काठमाडौँ- मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई भारत लगिएको छ।
९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका उनलाई भारत लगिएको ह्याम्स अस्पतालले जानकारी दिएको छ।
उनलाई एयर स्कर्टिङ गरी भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको हो।
श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारत लगिएको हो।
उनलाई भारत पुर्याएर सेन्टरलाई हस्तान्तरण गरी ह्याम्सको टोली आइतबार बिहान स्वदेश फर्केको छ। बिहान ४ बजेर २० मिनेटमा ह्याम्सको टोली नेपाल आइपुगेको हो।
अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको छ।
उनको फोक्सो, मेरूदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ।
शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका थिए।
शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना भएको थियो।


