२०८३ साउन १३ गते बुधबार

एनआरएनए अभियानका जोधाह केसी उपाध्यक्षमा भिड्दै, यस्ता छन् एजेन्डा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३०
kc_nrn

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार रहेका गणेश केसीले युवाहरुले परदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्ने वातावरण मिलाउनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा पत्रकाहरुसँग अन्तरक्रिया गर्दै केसीले युवाहरुले विदेशमा सिकेको सिप नेपालमा प्रयोग गर्ने अवस्था बनेमा रोजगारीका अवसर सिर्जना हुने बताएका हुन्।

आफ्नो मुख्य एजेन्डा नै यही रहेको दाबी गरेका उनले देशमै रोजगारी सिर्जना हुँदा युवा पलायनलाई रोक्न सकिने बताए।

‘ऊर्जाशील शिक्षित युवाहरूको विदेश पलायनबाट देशले उनीहरूले पठाउने रेमिटान्स त पाउँछ तर देशको लागि आवश्यक सक्षम ऊर्जनशील युवाहरूको साथ र सहयोग भने अवश्य पाउँदैन,’ उनले भने, ‘पलायन भएका युवाहरूले परदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गर्ने वातावरण मिलाउने तथा दैनिक हजारौँ युवाको विदेश पलायनलाई रोक्ने संयन्त्रको विकास गर्न सरकार दैनिक रूपमा नै चुकिरहेको छ। देशमा नै सीपमूलक शिक्षाको विकास तथा पर्याप्त रोजगारीको अवसर दिएर उनीहरूलाई पलायन हुनबाट रोक्न सकिन्छ।’

युवाहरुलाई पलायन हुनबाट रोक्ने र पलायन भएकाहरुलाई फर्काउने नीति सरकारले ल्याउनुपर्ने बताएका केसीले शिक्षा प्रणालीमा समेत परिवर्तन गर्नुपर्ने जिकिर गरे।

‘सरकारले बाहिर जाने सोचमा रहेका युवालाई रोक्ने र विदेशिएकालाई फर्काउने नीति ल्याउन आवश्यक छ,’ उनले भने, ‘यसमा सरकारले लगानीको वातावरण बनाउनु पर्दछ। त्यसका साथै शैक्षिक नीति र पाठ्यक्रम परिवर्तन गर्नपर्छ। सीपमूलक शिक्षा र व्यावहारिक शिक्षा दिनुपर्छ।’

सिप नसिकी विदेशिएकाहरुले विदेशमा पनि राम्रो काम पाउन नसकेको उनको भनाइ छ। अदक्ष नेपालीलाई दक्ष बनाउनुपर्नेमा जोड दिँदै आएका उनले नेपालका सातै प्रदेशमा व्यावसायिक सीप तालिम केन्द्र स्थापना गर्ने घोषणा समेत गरे।

रोजगारीका सिलसिलामा विदेश जाँदा अपनाउनुपर्ने प्रकृयाको निःशुल्क परामर्श दिनेदेखि देश विकासमा विदेशमा सिकेका र जानेका सिपलाई नेपालको विकासमा लगाउने योजनामा आफू क्रियाशील रहेको उनको भनाइ छ। उनी एनआरएनएका संस्थापक साधारण सदस्यसमेत हुन्।

उनी यसअघि एनआरएनए अष्ट्रेलियाको अध्यक्ष, अन्तराष्ट्रिय समन्वय परिषद् आइसिसी सदस्य, एनआरएनए आईसीसीका उपमहासचिव र एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख भएर काम गरिसकेका छन्। उनले एनआरएनएले अगाडि बढाएको हाईड्रो कलेक्टिम इनमेष्टमेन्ट अन्तर्गत कार्यक्रमका लागि अष्ट्रेलियाबाट २७ करोड रुपैयाँ संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

एनआरएनएको भवन निर्माणमा सक्रियतापूर्वक खटेका उनले भवन निर्माणका लागि २ करोड सहयोग संकलन गरेका थिए। मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा उनले करिव १ करोड रुपैयाँ संकलन गरेका थिए।

प्रकाशित: २०८० असोज ३० गते मङ्गलबार ०२:१३
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना