काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।
उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ।
स्वकीय सचिव रमेश मल्लका अनुसार मंगलबार साँझ छातीमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
प्रधानमन्त्री प्रचण्डले दिउँसोदेखि नै अप्ठ्यारो महसुस भएको बताएका थिए।
