२०८३ साउन १३ गते बुधबार

४५ अर्बको मदन भण्डारी राजमार्गः ४ वर्षमा सकिनुपर्ने काम ८ वर्षमा ७० प्रतिशत मात्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ८
madan bhandari road

काठमाडौं- मदन भण्डारी राजमार्ग आयोजना निर्माण सुरु भएको झन्डै ८ वर्षमा २८ अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च भएको छ। आर्थिक वर्ष २०७३।०७४ देखि औपचारिक रुपमा निर्माण सुरु भएको उक्त राजमार्गको कुल ४५ अर्ब लागत अनुमान गरिएको थियो ।

राजमार्ग निर्माणमा चरम ढिलासुस्तीका कारण ४ वर्षभित्र सम्पन्न गर्नुपर्ने काम ८ वर्षमा पनि पूरा हुन सकेको छैन। आयोजनाका अनुसार, हालसम्म करिब ७० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

निर्माणमा देखिएको सुस्तताको असरले आयोजना थप पर धकेलिने निश्चित जस्तै छ । अर्थात आयोजनाको संशोधित कार्यतालिका २०८१।०८२ भित्र सम्पन्न हुन नसक्ने आयोजनाकै अधिकारीहरू स्वीकार्छन् । किनकि, पछिल्लो समय पनि आयोजना निर्माणले अपेक्षित गति लिन सकेको छैन।

कुल १३९० किलोमिटर सडकमध्ये आयोजनाको क्षेत्राधिकारभित्र ७५० किमीको सडक विस्तार र कालोपत्रे गर्नुपर्छ। त्यसमध्ये हालसम्म २९० किमी सडक निर्माण भइ कालोपत्रे भइसकेको मदन भण्डारी राजमार्ग आयोजनाका सिनियर डिभिजन इन्जिनियर बद्रीप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार राजमार्गमा निर्माण हुने १८५ पुलमध्ये हालसम्म ११० वटा पुलको निर्माण सम्पन्न गरिसकेको छ। कुल ७४० किमीमध्ये हालसम्म ४५४ किमीको मात्र ठेक्का लगाएर सडक निर्माणको काम धमाधम भइरहेको उनले बताए । तर, बाँकी २८६ किलोमिटरको ठेक्का अहिलेसम्म लाग्न सकेको छैन । हालसम्म ठेक्का नलाग्दा आयोजनाको समय र लागत बढ्नुका साथै सरकारको दायित्व पनि थपिएको उनको भनाइ छ।

बहुवर्षे ठेक्काका रूपमा बजेट माग गरिए पनि त्यसअनुसार बजेट नपाउँदा सडक निर्माणमा ढिलाइ भइरहेको उनले बताए। निर्माणमा देखिएको ढिलाइका कारण म्याद थप गर्दै पछिल्लो शंसोधित कार्यतालिका २०८१।८२ सम्म पनि आयोजना सम्पन्न हुनेमा आयोजनाकै कर्मचारी विश्वस्त छैनन्। अहिलेसम्म पनि बाँकी सडक खण्डको ठेक्का लगाउन नसक्दा आयोजना निर्माण झनै लम्बिने देखिएको छ।

तोकिएको समयसीमा अर्थात आगामी २ वर्षभित्र अहिलेसम्म ठेक्का लगाएको र काम भइरहेको सडकखण्डको मात्र काम सकिने उनी बताउँछन्। ‘आयोजनाकोे सम्पूर्ण काम कहिलेसम्म सकिन्छ, यकिन भन्न नसकिएला, तर, जति ठेक्का लगाएका छौँ र निर्माण भइरहेको सडक खण्डको काम २ वर्षभित्र सक्छौं,’ उनले भने।

चुरे र भित्री मधेसका जिल्लालाई जोड्ने गरी भएका सडकमा थप २ लेनमा सडक विस्तार गरिनेछ । अर्थात, मदन भण्डारी सडकले पूर्व–पश्चिम राजमार्ग, स्थानीय राजमार्ग, मध्यपहाडी लोकमार्गलगायतलाई पनि छुने गर्छ।

त्यस्ता क्षेत्र गरी कुल ६५० किमीमा सडकमार्ग पर्ने हुँदा सामान्य मर्मत र सम्भार गर्ने योजना छ। बाँकी ७४० किलोमिटरमा मात्र सडकको नयाँ ट्रयाक देखि कालोपत्रे सम्मको काम गर्नुपर्छ।

नेपाल सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक आयोजनामा अधिकांश नेपाली कामदार कार्यरत छन्। खासगरी, सुदूरपश्चिम र कर्णाली क्षेत्रमा अधिकांश सडकखण्डको ठेक्का लगाउन बाँकी छ । खासगरी रोल्पा, डोटी, डडेल्धुरालगायतका सडक खण्डको ठेक्का व्यवस्थापन अहिलेसम्म पनि हुन सकिरहेको छैन। जग्गा अधिग्रहणमा समस्या र स्थानीयको अवरोधकै कारणले अहिलेसम्म उक्त सडक खण्डमा ठेक्का नलागेको आयोजना पक्षले जनाएको छ।

बाँकी सडक खण्डको ठेक्का कहिले लाग्छ, त्यो यकिन नभएको आयोजनाले जनाएको छ। मदन भण्डारी राजमार्ग आयोजनाअन्र्तगत पूर्वदेखि पश्चिम खण्डमा ५ वटा योजना कार्यालय छन् । ती कार्यालयमार्फत अहिले सडक निर्माण, मर्मत र विस्तारको काम भइरहेको छ।

गत आवमा मदन भण्डारी राजमार्गका लागि २ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएका थियो भने चालू आव २०८०।८१ मा बजेट अझै घटेको छ। आगामी आवका लागि १ अर्ब ९० करोड मात्र विनियोजन भएको छ।

प्रकाशित: २०८० कार्तिक ८ गते बुधबार ०८:३५
प्रतिक्रिया

थप समाचार

तोलामा ४३ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार...

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले...

ई–कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौँ: नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ आगामी साउन १३ गते हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ। सम्झौताअनुसार...

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब

काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना