काठमाडौं – जनकपुरबाट पेस्तोलसहित एक जना भारतीय किशोरी पक्राउ परेकी छिन्।
मंगलबार सशस्त्र प्रहरीले जनकपुरधामको रेल्वे स्टेसनजनिक रहेको हनुमान मन्दिरबाट भारतीय किशोरीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ की १६ वर्षीया की पुजाकुमारी सहनी छिन्।
प्रहरीका अनुसार रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरी टोलिले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।
किशोरीलाई रेल्वे सुरक्षा बेश जनकपुरधाममा राखेर थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।


