काठमाडौं- भन्सार विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतका तर्फबाट कानुनमन्त्री धनराज गुरुङले उक्त विधेयक संसदमा पेस गरेका हुन्।
संसदको अर्को बैठकमा विधेयकसम्वन्धी निर्णय हुने जनाइएको छ।
प्रतिनिधि सभाको अर्को मंगलबार बस्नेगरी आजको बैठक स्थगित भएको छ।


