काठमाडौं- बाराको मस्जिद चोकमा चलेको गोली लागेर एक शिक्षकको मृत्यु भएको छ।
मोटरसाइकलमा आएका व्यक्तिले त्यहाँमा अध्यापन गर्ने शिक्षक गुड्डु भनिने रुपेश सरार्फमाथि गोली चलाएका थिए।
गोली लागेपछि उनलाई अस्पताल लगिएको थियो।
गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ। उनको मृत्यु भएको अस्पतालले समेत घोषणा गरिसकेको छ।
