२०८३ कार्तिक २२ गते शनिवार

संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्नुपर्छ : ओली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १५
uml tea-4

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेले आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले शान्ति प्रक्रिया पीडितलाई केन्द्रमा राखेर तथा सर्वोच्च अदालतको आदेशलाई मानेर टुङ्ग्याउनुपर्नेमा जोड दिए।

‘शान्ति प्रक्रियाका सम्बन्धमा अन्तर्राष्ट्रिय मानवअधिकार काउन्सिलले भनेका कुरालाई पनि ध्यान दिनुपर्दछ,’ उनले भने, ‘खासगरी पीडितलाई न्याय दिनुपर्दछ।’

अध्यक्ष ओलीले चाडपर्वका समयमा राजनीतिक रुपमा कुनै पनि टीकाटिप्पणी गर्न नहुने बताए।

‘हामीबीच कहाँ कहाँ कमीकमजोरी रहेका छन्। ती कुरा निकाल्दा चाडपर्वको गरिमामा प्रतिकूल असर पर्छ,’ उनले भने।

चाडपर्व परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको उल्लेख गर्दै उहाँले विभिन्न सन्दर्भले चाडपर्वलाई पुष्टि गरेको बताए।

चियापानमा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, विभिन्न पार्टीका शीर्ष नेता, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक परिषद्का पदाधिकारी, कर्मचारी, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो । सहभागीलाई एमाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गरेका थिए।

पार्टीका तत्कालीन अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालदेखि चियापानको आयोजना गरेका हुन्।

त्यसपछि एमालेले नियमितरुपमा हरेक वर्ष दसैँ र तिहारका बीचमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।

गत वर्ष प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरिएको थिएन।

प्रकाशित: २०८० कार्तिक १५ गते बुधबार ०७:३७
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन्। विश्वव्यापी रूपमा...

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना