काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको टोली पठाएको छ। रास्वपाले जाजरकोटका भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको हो। भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको रास्वपाले जनाएको छ।
केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट गएको छ।


