काठमाडौँ- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’योजना अन्तर्गत मंगलबार थप ३ जनालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ। काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममार्फतमा बम्पर विजेता तीन जनालाई स्कुटर हस्तान्तरण गरिएको एनसेलले जानकारी दिएको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङ्लाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरे। एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई बम्पर पुरस्कारमा स्कुटर हस्तान्तरण गरिन्।
त्यसैगरी सप्तरीका सुदिप कुवार क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजित कार्यक्रममा बम्पर पुरस्कारमा आएको स्कुटर हस्तान्तरण गरेकी थिइन्। योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो। यसमध्ये हालसम्म ६ जनालाई स्कुटर हस्तान्तरण गरिसकिएको छ।
मंगलबार एनसेलले विराटनगर, धनगढी र हेटौडामा बम्पर प्राइज हस्तान्तरण गरेको थियो। बाँकी रहेका १ जना विजयेतालाई बिहीबार पोखरामा पुरस्कार हस्तानतरण गरिनेछ।
विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी थिइन्। त्यस्तै मंगलबार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमाकुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी थिइन्। त्यसैगरी एनसेल सेन्टर हेटौँडामा एनसेलका प्रोडक्टस् डाइरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका थिए।
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा यो योजना भाद्र ३१ देखि २८ दिनसम्म चलेको थियो। ‘यो योजना अर्थपूर्ण तरिकाले ग्राहकहरुको मन जित्ने हाम्रो प्रयासको एक प्रमाण हो,’ कार्यक्रममा जाब्बोरले भने, ‘यो कस्टमर इन्गेजमेन्ट योजनामार्फत हामीले एनसेलका बारेमा ग्राहकका विचारहरु हजारौँ नाराका रुपमा पाएका छौं र हामी उहाँहरुको भावनालाई सधैं कदर गर्दछौं।’
यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो। यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए।
साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरु प्राप्त गरेको थियो।
साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए।
एनसेलले बुधबार दिउँसो जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो। अभिनेत्री कार्कीले जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गरेका थिए।
‘सबैलाई स्योर–प्राइज’को बम्परमा एनसेलले दियो तीन जनालाई स्कुटर


