२०८३ कार्तिक १३ गते बिहिबार

अर्थका सहसचिवको सरुवामा नेतादेखि प्रधानमन्त्रीसम्मको चासो, सामान्य प्रशासनमन्त्रीको कडा अडान

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २३
prachanda sitaul modi

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयका सचिव र केही सहसचिव जिम्मेवारी हेरफेर गर्न चाहेका छन्। तर, आफूनिकटका कर्मचारी नचलाउन मुख्यसचिव, मन्त्रीहरू र प्रधानमन्त्रीको तहबाट दबाब आउन र दलका नेताहरूको लबिइङ सुरु गरेका छन्।

मन्त्री  डा महतले केही सहसचिवको तत्काल सरुवा गर्ने सोच बनाएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अर्थमन्त्री महतलाई फोन गरेर केही कर्मचारीको नाम लिँदै यथावत स्थानमा राख्न आग्रह गरेका छन्। ‘उनी हाम्रा मान्छे हुन्। उनलाई सरुवा गर्नबाट रोक्नुपर्‍यो,’ कृष्णप्रसाद सिटौलाले मन्त्री महतलाई भनेका थिए।

यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल, मुख्य सचिव शंकरदास बैरागी र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रालयमा भएका आफ्नो अनुकूलका कर्मचारी नचालाउन र मन्त्रालय बाहिर भएका कर्मचारीलाई राम्रो जिम्मेवारी दिन दबाब दिइरहेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेश शाक्य, भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढा र वित्तीय संघियता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याललाई सरुवा गर्न नहुने पक्षमा देखिएका छन्। मुख्यसचिव शंकरदास बैरागी धनीराम शर्मा (भट्टराई)लाई कुनै पनि हालतमा सरुवा गराउन नहुने पक्षमा छन्।

सरुवा गर्ने तयारी गरेपछि आएको दबाबले डा महतलाई कसलाई मन्त्रालय ल्याउने र कसलाई पठाउने भन्नेमा अन्योल सिर्जना भएको छ। यसैक्रममा उनले आफ्ना नजिकका कर्मचारीहरुसँग ‘सबै कसै न कसैका मान्छे छन्। कसलाई सरुवा गर्ने अनि कसरी बनाउने टिम’ भन्दै झोक्किएका थिए।

नेकपा माओवादी केन्द्रबाट समान्य प्रशासन मन्त्री बनेका अमनलाल मोदीले पछिल्लो समय एक सहसचिवको नाम लिँदै उनलाई चाहिँ कुनै हालतमा नचलाउन मन्त्री महतलाई भनेका छन्। मन्त्री मोदीले कुनै पनि हालतमा ती कर्मचारीको सरुवा गर्न नसकिने भन्दै अर्को नाम लिएर आउन अर्थमन्त्रीलाई भनेका छन्। ‘उहाँलाई कुनै पनि हालतमा सरुवा गर्न सकिँदैन। अरु कुनै सहसचिवको नाम लिएर आउनुहाेला भनेर माननीय मन्त्री मोदीले मन्त्री डा महतलाई भन्नुभएको छ,’ प्रशासन मन्त्रालय स्रोतले भनेको छ। कर्मचारीको सरुवामा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ।

सरुवा गर्ने तयारी गरेपछि आएको दबाबले डा महतलाई कसलाई मन्त्रालय ल्याउने र कसलाई पठाउने भन्नेमा अन्योल सिर्जना भएको छ। यसैक्रममा उनले आफ्ना नजिकका कर्मचारीहरुसँग ‘सबै कसै न कसैका मान्छे छन्। कसलाई सरुवा गर्ने अनि कसरी बनाउने टिम’ भन्दै झोक्किएका थिए।

तीन सहसचिव अर्थमा ल्याउने डा महतको तयारी, को बन्दैछ अर्थसचिव?

‘सुवेदी बाहेक अन्य सहसचिव कसै न कसैको आफन्त वा नजिकको मान्छे भन्दै सरुवा नगर्नु भन्ने ‘आदेश’ आउँछ। कसलाई सरुवा गर्ने/नगर्ने अन्योल भयो। बजेट तयारी गर्नुपर्ने सबैका रोजाइका सहसचिवहरुको राख्नुपर्ने दबाब आइरहेको छ। कसरी टिम बनाउने हो’ भन्दै अर्थमन्त्री डा. महतले निकटस्थहरूसँग गुनासो गरेका थिए।

डा. महतले भुपाल बरालको नेतृत्वमा बजेट निर्माणका लागि सहसचिवहरुको टिम बनाउन चाहेका छन्। बरालसँगै सहसचिवहरु उत्तरकुमार खत्री र बाबुराम सुवेदीलाई अर्थ मन्त्रालय ल्याउने तयारीमा छन्। तर, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र मुख्य सचिव शंकरदास बैरागीको आग्रहलाई बेवास्ता गर्न उनलाई सकस छ।

सरुवा रोक्नका लागि आग्रह नगर्ने एकजना मात्रै सहसचिवमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख झक्कप्रसाद आचार्य मात्रै रहेको अर्थ मन्त्रालय स्रोत बताउँछ। यसैगरी आर्थिक साहयता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई विश्व बैंकको कार्यक्रममा पठाउने निर्णय गरी अन्तिम तयारीसमेत भइसकेकाले अझै एक हप्तासम्म सरुवा गर्ने अवस्था नरहेको स्रोतको भनाइ छ।

नयाँ मन्त्री गएपछि आफूलाई काम गर्न सजिलो पर्ने गरी कर्मचारीहरुको टिम बनाउने पराम्परा विगतकै निरन्तरता हो। पूर्वअर्थमन्त्री जनार्दन शर्माले अधिकांश अर्थबाहिरका कर्मचारीलाई मन्त्रालयमा राखेका थिए। मन्त्रालयको जिम्मेवारी बुझेको भन्दा पनि दलमा गरेको योगदान र आफूसँग निकट भएको आधारमा विशेष जिम्मेवारी दिँदा मन्त्रीका थुप्रै निर्णय विवादित बन्ने गरेका थिए।

प्रकाशित: २०७९ चैत २३ गते बिहिबार ०७:५२
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना