‘७७ वटा गोठमै मरेका छन्। ३ वटा घाइते छन्। बाँच्ने अवस्था छैन,’ स्थानीय छिरिङ गुरुङले भने, ‘साह्रै ठुलो क्षति भयो।’ ४ वटा चितुवा एकै पटक गोठमा छिरेर आक्रमण गरेको उनको भनाई छ। चितुवा आक्रमणमा स्थानीय किसान मिङ्मर गुरुङको ३० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
मुस्ताङ प्रहरी प्रमुख भोज पाण्डेले घटनाको पुष्टि गर्दै भने ‘गोठमा ८० वटा च्याङ्ग्रा रहेछन् । सबैजसो क्षति भएको जानकारी आएको छ।’ घटनास्थलमा जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रतिनिधि जाँदै छन् । हिउँचितुवाको आक्रमणले क्षति भएको यो सबैभन्दा ठुलो सङ्ख्या हो।