२०८३ साउन १३ गते बुधबार

‘हनुमानले सूर्यलाई खाए’ भन्नुको वैज्ञानिक तात्पर्य

 |  गोविन्द सापकोटा
Sanket

गोविन्द सापकोटा

काठमाडौँ, चैत २४
sunrise
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीयस्थल चिसापानीबाट देखिएको सूर्योदय। तस्बिर: हरिराम भेटुवाल/रासस

हाम्रो समाजमा भक्तिको उदाहरणदेखि शक्तिको कुरासम्म हनुमानलाई जोड्ने गरिन्छ। यस विषयका धेरै प्रसंग हनुमान चालिसामा पनि उल्लेख छन्। गोस्वामी तुलसीदासले हनुमान चालिसामा एक दोहामा लेखेका छन्:
जुग सहस्र योजन पर भानू।
लिल्यो ताहि मधुर फल जानू।
(अर्थ:- एक युग सहस्र योजन (१५ लाख किलोमिटर) टाढा रहेका भानु अर्थात् सूर्यलाई हनुमानले मीठो फल सम्झेर खाए)

यसको अभिधात्मक अर्थ हनुमानले भगवान् सूर्यलाई नै खाए भन्ने हुन्छ। तर लाक्षणिक रूपमा सूर्यमा भएको विद्या र ज्ञानलाई अत्यन्तै सहज र सरल तरिकाले हनुमानले प्राप्त गरे भन्ने अर्थ हुन्छ। सूर्य भगवानसँग ज्ञान प्राप्त गर्न हनुमान गएका थिए। सूर्यसँग जति पनि ज्ञान थियो, सबै ज्ञानको भण्डार हनुमानले ग्रहण गरेका थिए। त्यसै प्रसङ्गको दोहाको रूपमा पनि यसलाई लिइन्छ। हनुमानलाई पृथ्वीमा रहेको परिकल्पना यो दोहामा गरिएको छ। त्यसो भए सूर्य र पृथ्वीबीचको दूरी कति थियो त? त्यसको पनि व्याख्या यसै दोहामा छ।

सनातन सभ्यतामा समयलाई विभिन्न एकाइमा नाप्ने प्रचलन थियो। समयको मापन गर्ने ‘परमाणु’देखि लिएर ‘पर’सम्म समयका एकाइ प्रचलनमा थिए। पदार्थको सबैभन्दा सानो एकाइलाई सूर्यको प्रकाशले वारपार गर्न लगाउने समय (सूर्यको प्रकाशको गति ३ लाख किमी प्रतिसेकेन्ड हुन्छ।)लाई एक परमाणु समय हो। यो समयको सबैभन्दा सानो एकाई मानिएको छ। ‘पर’ भन्नाले ३११०,४०,००,००,००,००० (३१ नील १० खर्ब) मानव वर्ष हुन्छ। यसलाई सनातन सभ्यतामा ब्रह्माजीको परम् आयुसमेत भन्ने गरिएको छ।

युग पनि समयकै एउटा एकाई हो। सत्य, त्रेता, द्वापर र कलि यी चारै युगको संयुक्त नाम नै युग (महायुग पनि भनिने) हो। सत्ययुग १७ लाख २८ हजार वर्ष, त्रेतायुग १२ लाख ९६ हजार वर्ष, द्वापरयुग ८ लाख ६४ हजार वर्ष र कलियुग ४ लाख ३२ हजार वर्षको रहने गर्छ। यी चारै युगको कुल योग ४३ लाख २० हजार वर्ष हुन्छ, जसलाई एक महायुग अथवा ‘जुग’ पनि भन्ने गरिन्छ। यो वर्ष मानव वर्ष अर्थात् सौर वर्ष (पृथ्वीले सूर्यलाई एक पटक घुम्न लगाउने समय) अनुसार भनिएको हो। पूर्वीय ज्योतिषशास्त्र अनुसार ३६० वर्षको एक दिव्यवर्ष हुन्छ, यो हिसाबले एक युगमा १२ हजार (४३,२०,०००/३६०) दिव्यवर्ष हुने भयो।

अब फेरि एकपटक माथिको दोहातर्फ नै फर्किऔँ। दोहामा भनिए अनुसार ‘जुग सहस्र’ अर्थात् जुगको अर्थ १२ हजार र सहस्रको अर्थ एक हजार हुन्छ। यसको मलतब एक हजार जुग भन्ने हुन्छ। एक हजार जुग भनेको १ करोड २० लाख वर्ष भयो।

दोहाको पहिलो लाइनमा ‘जुग सहस्र योजन पर भानु’ भन्ने शब्दावली छ। यसको अर्थ हनुमान भएको स्थान (पृथ्वी) र सूर्यबीचको दूरी एक हजार युग योजन टाढा अर्थात् १ करोड २० लाख योजन टाढा रहेको भन्ने हुन्छ। यो दोहालाई केलाएर हेर्दा सूर्य र पृथ्वीबीचको दूरी योजनमा प्राप्त भएको छ। योजन पनि दूरी नाप्ने एकाइ नै हो। एक योजनमा ८ माइल र एक माइलमा १.६ मिलोमिटर हुने हामी सबैलाई थाहा भएकै कुरा हो। यसरी एक योजनमा १२.८ किलोमिटर हुन्छ।

अब सूर्य र पृथ्वीको कूल दूरी १ करोड २० लाख योजन टाढा छ। यो भनेको १५ करोड ३६ लाख किलोमिटर (१ करोड २० लाख ×१२.८) भयो। वर्तमान समयमा विज्ञानले सूर्य र पृथ्वीको अधिकतम दूरी १५ करोड २० लाख किमी भनेको छ। यसरी हेर्दा हजारौँ वर्ष पहिले गणना गरिएको सूर्य-पृथ्वीको दूरी र हाल वैज्ञानिक भनिएको दूरीबीच ०.९२ प्रतिशत मात्र अन्तर छ। त्यो बेला उपकरणबिना कसरी यस्तो गणना भयो भन्नेमा अनुसन्धान हुन बाँकी छ।

प्रकाशित: २०७९ चैत २४ गते शुक्रबार ०७:२३
Sanket

गोविन्द सापकोटा

सिद्धान्त ज्योतिष विषयमा स्नातकोत्तर गरेका सापकोटा खगोलशास्त्र, ग्रहगणित र धर्मविज्ञानमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

लोकतन्त्रको कसी: संयम, विधिको शासन र निष्पक्षता

लोकतन्त्र पोखरीमा जमेको स्थिर पानी होइन, यो त निरन्तर बगिरहने जीवित नदी हो। यसको प्रकृति नै चलायमान हुनु हो। जहाँ समयसँगै असन्तुष्टि, आलोचना, समर्थन, परिवर्तन र पुनः मूल्याङ्कनहरू मिसिँदै...

शक्ति कसको हातमा? राजनीतिक शक्ति संरचनाको मानवशास्त्रीय अध्ययन

नेपालको लोकतान्त्रिक भविष्य केवल संस्थागत सुधारमा मात्र निर्भर रहने छैन। समाजभित्र समान अवसर, सामाजिक विश्वास, सामुदायिक सहकार्य र उत्तरदायी नेतृत्वको विकास पनि त्यत्तिकै आवश्यक हुन्छ।...

अबको मतको मर्ममा हुनेछ २३ भदौ

नेपालको समकालिन राजनीति बुझ्न अब दल, नेता वा घोषणापत्र मात्र हेरेर पुग्दैन। यसलाई बुझ्न समाज, चेतना, पुस्ता र संरचनालाई एकसाथ पढ्नुपर्छ। राजनीतिक समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने...

जेन-जी र गगन थापा: विद्रोह, नीति र परिवर्तनको व्यावहारिक राजनीति

काठमाडौँ: नेपाली राजनीतिमा जेन-जी पुस्ता अब केवल असन्तुष्ट समूह मात्र होइन, परिवर्तनको स्पष्ट माग बोकेको शक्ति हो। उनीहरू भाषणभन्दा परिणाम खोज्छन्, अनुहारभन्दा प्रणालीमा प्रश्न गर्छन्। यही...

सबैका लागि काम गर्ने अर्थतन्त्र निर्माण गर्न के चाहिन्छ?

जब राजनीति मान्छेलाई काम नलाग्ने विषय हो भन्ने लाग्दछ, त्यसपछि मात्रै वास्तविक विकास सुरु हुन्छ। अहिले नेपालमा झन्डै ३ लाख मानिसहरू राजनीतिलाई नै आफ्नो पेसा बनाएर हिँडिरहेका छन्। नयाँ पुस्ताका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना